शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बाक्लो हुस्सुले सिरहा सहित तराईको जनजीवन कष्टकर
मंसिर ३०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मङ्सिर ३० - 
तराईका अधिकांश भाग हुस्सु/कुहिरोले ढाकेको छ भने काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। बाक्लो हुस्सुका कारण सिरहा सहित तराई -मधेशका जनजीवन कष्टकर बन्दै गएको छ। कठ्याङग्रिँदो चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएको दलित परिवार बढी प्रभावित भएका छन्। शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङग्रिएरै बस्न बाध्य भएका हुन्।चिसो छल्न झुप्रा बस्तीका प्रत्येक घर र चोक चौतारामा स्थानीय वासिन्दाले आगो बालेर तापिरहेका छन्। घाम लाग्न छाडेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ। बाक्लो हुस्सु लागेर भिजिविलिट कम हुँदा अत्यन्त व्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारी साधन दिउँसै लाइट बालेर गुडिरहेका छन्।कोरोना भाइरसको संक्रमणका कारण लामो समय बन्द रहेका यहाँका विद्यालयहरु चिसोकै बीच पनि सञ्चालन भइरहेका छन्। चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरु बढी प्रभावित भएका छन्। त्यस्ता व्यक्तिहरु चिसोले चाँडै बिरामी पर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन्। यस्तै, बाक्लो हुस्सुले तोरी, लहरी, चना, मुसुरो, आलुलगायतका बालीमा रोग किराको प्रकोप देखिने भन्दै किसानहरु चिन्तित बनेका छन्।

यता मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु कुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा हुस्सु कुहिरो देखिएको छ।यसैगरी अहिले बिहान काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको उनले जानकारी दिइन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.