शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
T20 क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा ईनर्वा विजय
पौष ६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष ६ - 
सिरहाको लहानमा संचालित T20 क्रिकेट प्रतियोगिता अन्तर्गत भएको दोस्रो खेलमा ईनर्वा टिम विजय भएका छन्।  लहान स्पोर्ट्स एकेडमीको आयोजना र अलख निरन्जन ज्वेलर्स लहान ( श्याम साह भोरे भोर) को टाइटल स्पोनर,चुरिया एग्रोटेक रिसर्च सेन्टर प्रा.लि र क्वालिटी टेलर्स & ट्रेडरको सहयोगमामा संचालित -T20 क्रीकेट प्रतियोगिता अन्तर्गत ईनर्वा र लहान १८ बीच आइतबार दोस्रो खेल सम्पन्न भएको हो। दोस्रो खेलमा ईनर्वाले टस जिती पहिला ब्याटिंग गर्दै १८ ओभर ४ बलमा सबै विकेट गुमाई बिनोद मण्डलको २३ रन, शम्भु मण्डलको १३ रन र रामशंकरको १० रनको मद्दतले ११६ रनको सम्मानजनक योगफल तयार गर्न सफल भएका थिए। ईनर्वालाई ११६ रनमा रोक्न लहान -१८ को तर्फ बाट भारत दास ३ विकेट ,रंजित साह २ विकेट ,मोहम्मद मुस्ताक २ विकेट ,शत्रुधन २ विकेट र मोहम्मद साहिदले १ विकेट लिएका थिए। 

११७ रनको विजय लक्ष्य सहित मैदानमा ओर्लिएको लहान १८ ले ल्ज्यास्पद प्रदर्शन गर्दै ८ ओभर २ बलमा अल आउट हुँदै मात्र २९ रनमा समेटीए। लहान १८ का लागि कसैले दोहरो अंक बनाउन सकेन लहानका लागि मोहम्मद हैदरले ७ रन बनाउनु बाहेक कसैले त्यो भन्दा बढी रन जोडन सकेन। लहान -१८ लाई सस्तैमा समेट्न म्यान अफ द म्याच समेत भएका ईनर्वाका घातक बलर परमेश्वरले ह्याट्रिक विकेट लिदै ४ ओभरमा ७ रन खर्चेर ७ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगिता अन्तर्गत तेस्रो खेल सोमबार दिनको १२ बजे देखि लहान सपोर्टस एकेडमी VS लहान -६ बीच हुने आयोजकले जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.