शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
क्रिकेट प्रतियोगितामा लहान -३ लाई हराउदै "न्युटन" सेमिफ़ाइनलमा
पौष ७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष ७ - 
सिरहाको लहानमा संचालित T20 लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न चौथो खेलमा न्युटन टिम विजय भएका छन्। लहान स्पोर्ट्स एकेडमीको आयोजना तथा नेपालि कांग्रेस लहान ८ बाट वडा अध्यक्षका प्रत्यासी श्याम साह भोरे भोरको टाइटल स्पोनर र चुरिया एग्रोटेक रिसर्च सेन्टर प्रा.लि , क्वालिटी टेलर्स & ट्रेडरको सहयोगमामा संचालित -T20 लिग क्रीकेट प्रतियोगिता अन्तर्गत मंगलबार न्युटन टिम लहान र लहान -३ बीच चौथो खेल सम्पन्न भएको हो।टस जितेर पहिला ब्याटिंग गरेको न्युटनले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा सुमित चन्द्रदेवको १६ बलमा २० रन,रबिन गुप्ताको १७ बलमा १८ रन ,तरपेश्वर मुखियाको २९ बलमा २० रन ,सुरज यादवको १९ बलमा २१ रन ,राम आशिष मण्डलको १५ बलमा १६ रन नटआउट र गौरव पर्साइलाको नटआउट ७ बलमा १३ रनको मद्दतले १३६ रनको उत्कृष्ट योगफल तयार गर्न सफल भएको थियो। बलिङ्ग तर्फ लहान -३ का मंगल साह ४ ओभर ३४ रन १ विकेट,शैलेन्द्र यादव ४ ओभर ३० रन १ विकेट ,मकबुल  अन्सारी ४ ओभर ३१ रन २ विकेट ,अभिषेक यादव ४ ओभर २४ रन २ विकेट र ललित रजकले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिन सफल भएका थिए। 

१३७ रनको विजय लक्ष्य सहित मैदानमा ओर्लिएको लहान- ३ ले कम्जोर प्रदर्शन गर्दै मात्र १३ ओभर २ बलमा सबै विकेट गुमाई ५५ रनमा समेतिदा न्युटन ७१ रनको फराकिलो अन्तरले विजय भएका हुन्। लहान -३ आभाष यादवले २४ बलको सामना गर्दै १५ रन बनाउनु बाहेक न्युटनको घातक र कसिलो बलिङ्गका अगाडी सस्तैमा आउट हुदै मात्र ५५ रनमा सिमित भएका थिए। लहान -३ लाई सस्तैमा अलआउट गर्न न्युटनका लागि पार्थिव प्रसाद यादव २ ओभर १४ रन १ विकेट ,रबिन गुप्ता ४ ओभर १८ रन ३ विकेट ,कुश मण्डल ३ ओभर ११ रन २ विकेट र सुरज यादवले २ ओभर २ बल बलिङ्ग गर्दै ९ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए। 

न्युटनका लागि २ ओभर २ बलमा ३ विकेट र १९ बलमा २१ रनको योगदान दिएका सुरज यादवलाई म्यान अफ द म्याचको उपाधिले सम्मानित  गरिएको क्रिकेटर राकेश कामैतले जानकारी दिए। प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल बुधबार दिनको १२ बजे देखि न्युटन लहान टिम VS इनर्वा टिम बीच हुने आयोजकले जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.