शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिनेटर साह "बेस्ट ट्रेनर अफ द इयर अवार्ड 2020"
पौष १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुष १४ - 
नेपाल जेसिजको ४७ औ राष्ट्रिय महाधिवेशनमा सिनेटर राजाबाबु साह ""बेस्ट  ट्रेनर अफ द इयर अवार्ड 2020" बाट सम्मानित हुनु भएको छ। रूपन्देहीकाे भलवारी जेसिजकाे आतिथ्यमा सम्पन्न राष्ट्रिय महाधिवेशनमा निरन्तर चौथो पटक ""बेस्ट  ट्रेनर अफ द इयर अवार्ड २०२० बाट साह सम्मानित भएका छन्। लहान सिटि जेसिज वर्ष २०११ को अध्यक्ष,नेपाल जेसिज वर्ष २०१६ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा नेपाल जेसिज वर्ष २०१७ को कानुनी सल्लाहकारकासाथै  लहान नगरपालिकामा लामो समय देखि अध्यापन पेशामा सम्लग्न ,सफ्टेक कलेज  का  Academy Director , एलएमसी कलेज तथा विधापति क्याम्पसका संचालक सिनेटर राजा बाबू शाहले नेपालको मेची देखि महाकाली सम्म विभिन्न स्थानमा समय सापेक्ष तालीम संचालन गर्दै देशको नागरिक र समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा खटिनु भएको  छ। वहाँको कार्यको उच्च मुल्यांकन गर्दै नेपाल जेसिजले यस वर्ष पनि ""बेस्ट  ट्रेनर अफ द इयर अवार्ड 2020" को अवार्ड बाट सम्मानित गरेका छन्। नेपाल जेसिज बाट वर्ष २०१७ देखि नै शाह निरंतर रुपमा "बेस्ट  ट्रेनर अफ द इयर अवार्ड बाट सम्मानित हुँदै आइरहनु भएको छ।

नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वका लागि अध्यक्ष पदमा चितवनको बिसहजार जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन् ।खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । सात अध्यक्ष मध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए । उनी यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालीको भलबारी (रुपन्देही) महाधिवेशनमा खनालले आधा भन्दा बढी मतान्तरले जित हासिल गरे । बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् ।नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा १००३ मतसहित सुमन कृष्ण श्रेष्ठ क्रमश: अरूण कुमार दाहाल ९९९, भाेजराज चापागाईं ९४८ , शिव प्रसाद भुसाल ६७८ मत सहित विजयी भए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.