शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अधिकारीको स्मृतिमा विपन्न परिवारलाई राहत
पौष २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुष २२ - 
लायन्स क्लव अफ लहान सिटिको आयोजनामा स्व. पिताम्बर अधिकारी(प्रितम) को स्मृतिको अवसरमा लहान-३ का अति विपन्न तथा गरिब परिवारलाई राहत सामग्री वितरण गरिएको छ। पिता भोलानाथ अधिकारी र माता लक्ष्मी अधिकारीको सपुत्र स्वर्गीय प्रितम अधिकीरीको जन्म सन् १९९० अगष्ट २३ मा भएको थियो। स्वर्गीय अधिकारि ओग्लेथोर्पे विश्वविद्यालय अमेरिकाका एरोस्पेष इन्जिनियरिडंका जेहेन्दार विद्यार्थी थिए। उनको अल्प आयु २२ वर्षकै उमेरमा ५ जनवरी २०१३ का दिन बल्ड क्यान्सर लागि स्वर्गवास हुनु भएको थियो। उहाकै सम्झनामा अधिकारी परिवारले विभिन्न ठाउँमा प्रतेक वर्ष सेवामुखी कार्य गर्दै आइरनु भएको छ। सोहि क्रममा मंगलवार ५ जनवरीका दिन लहान एभरेष्ट कलेजको प्राङ्गनमा लहान नगरपालिका ३ का १० जना गरिव तथा अति विपन्न परिवालाई अमेरिकामा नर्सिङ्ग पेशामा कार्यरत स्वर्गीय अधिकारीका दिदि इन्दिरा अधिकारीको आर्थिक सहयोगमा लायन्स क्लव अफ लहान सिटिले सिताइ महतो,लरुवती महतो,शिबु दमाई,सुगन्धा देबी पासवान,जीवछीदेवी साह,डोमनीदेबी पासवान,भुलकीदेवी सदाय,बैजनाथ पासवान,कल्याण विश्वकर्मा र ललिता पासवान लाई लायन्स क्लव अफ लहान सिटिका अध्यक्ष सुदीपकुमार चौधरीको अध्यक्षता तथा लहान ३ का वडा अध्यक्ष राम दयाल महतोको प्रमुख आतिथ्यतामा प्रतेक परिवार लाई चामल-२५ केज,दाल-२ केजी,तोरीको तेल- १ लि.,सोयाबिन-१ केजी, नुन-१ केजी,लुगाधुने साबुन- ३ पिस,.नुहाउने साबुन-  ३ पिस राहत उपलब्ध गराएका हुन्।

राहत वितरण कार्यक्रमा  लायन्स क्लवका पुर्वअध्यक्ष- चक्रपाणी दहाल ,प्रथम उपाध्यक्ष- संजयराज शर्मा ,सहसचिव- ललितकुमार महतो,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका संचालकफिरोज शेख,लहान एभरेष्ट कलेजकी संस्थापिका एवं अध्यक्ष सीता देबी शर्मा,संचारकर्मी रमिता नेपाल, एभरेष्ट कलेजमा आवद्ध रीमा शर्मा,सीमा अधिकारी, आश्मा अधिकारी र  एला अधिकारीको उपस्तिथी रहेको थियो। कार्यक्रमको संयोजन लायन्स क्लवका पूर्वअध्यक्ष धरणीधर अधिकारीले गर्नु भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.