शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको गोलबजारमा विद्यार्थीको सङ्कास्पद शव भट्यो
पौष २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुष २२ - 
सिरहाको गोलबजार नगरपालिका-६ डोहटीयामा एक जना विद्यार्थीको  शव फेला परेको छ। गोलबजार नपा १२ बेतौना हरिपुरका किशोर सिंहका १७ वर्षिय छोरा आनन्दको सिंहको शव स्कुल पोशाकमै सव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।गोलबजार - ६ स्थित रहेको सृजना सेकेन्डरी इङ्लिश बोर्डिङ स्कूलको कक्षा १० मा अध्ययनरत सिंह गोलबजारमै डेरा लिएर बस्दै आएको र  मंगलबार परीक्षा दिएर साथीलाई पुर्याउन गएका सिंह राती डेरा नर्फेपछि घरमा खबर पुगेलगतै घरपरीवारले खोजतलास गरेपनि विहान सम्म फेला नगरेपछि प्रहरीमा जानकारी गराएको थियो।

विद्यालय पोशाकमै रहेका सिंहको शव फेलापरेको स्थानमा उनले प्रयोग गर्ने साइकल संगै त्यहा व्लेड र किटनाशक विषादी समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना संस्कास्पद रहेको हुँदा अहिले केहिभन्न नसकिने जनाएका छन्।सिंहको शव बुधबार विहान करिब १० बजे फेला परे पछि प्रहरी त्यहाँ पुगेर अनुशन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए। शव फेला परेको स्थानबाट ५/६ घण्टा सम्म स्थानीयले शव उठाउन दिएका थिएनन्। त्यस पश्चात प्रहरीले बल प्रयोग गरी शव पोष्टमार्टमका लागि लहानमा अवस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा लिएर आएको प्रहरीले जनाएको छ  । मृत्कका आफन्तले शंकाको आधारमा व्यक्ति नै किटान गरि ठाडो निवेदन दिएपनि घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृत्क दुई वर्ष अघि पनि अपहरणमा परेको बखत उनी आफै भारतबाट अपहरणकारी लाई चकमा दिएर भागि घर फर्की आएको स्थानीयले बताए।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.