शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला अधिकारि द्वारा अनुगमन, यातायात बाट दुई पक्राउ
चैत्र ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत -४ 
यातायात व्यबस्था कार्यालय लहानबाट दुईजना बिचौलिया पक्राउ परेका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल नेतृत्वको टोलीले अनुगमनको क्रममा दुई विचौलियालाई पक्राउ गरेको हो । सहज रुपमा काम गराइदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त रकम लिएपछि उनी दुबैजना पक्राउ परेका छन् । पक्राउ परेका बिचोलियाको पहिचान प्रशासनले सार्वजनिक गरेको छैन् । तर उनीहरुमाथि कारबाही गरिने प्रजिअ कणेलले बताए । कर्मचारी वा अन्य व्यक्ति बढी रकम मागेमा ईलाका प्रहरी कार्यलय लहान वा जिल्ला प्रशासन कार्यलय मा जानकारी गराउन प्रजिअ कणेलले सेवाग्राहीसंग आग्रह गरेका छन्। यसै बीच अनुगमनकै क्रममा जिल्ला अधिकारी कणेल सहित जिल्ला प्रहरी कार्यलय सिराहाका एसपि सुदिप राज भनडारी, सशस्त्र प्रहरी कार्यालय सिरहाका एसपि दिपेश गिरि, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपन दाहाल र सशस्त्र प्रहरी बल बेस क्याम्प लहान का डिएसपी बिनोद थापा तथा अन्य सरकारी निकाय पदाधिकारी सहितको टोलीले आइतबार भएको बम विस्फोटका कारण बन्द रहेका  मालपोत कार्यालय लहान ,नापी कार्यालय लहान र डिभिजन वन कार्यालय लहानमा अनुगमन गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.