शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका स्वास्थ्यकर्मी पुनः आन्दोलित
फाल्गुन ९, २०७३ | सरगम खबर समाचारदाता

परशुराम साह - 
सिरहा, ९ फाल्गुन । स्वास्थ्य सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माँग राखी विगत दुई महिना देखि आन्दोलनम रहेका स्वास्थ्यकर्मीहरु आइतबार देखि पुनः आन्दोलनको घोषणा गरेका छन् । स्वास्थ्य ऐनको दफा ९ (ख) कार्यान्वयनका लागि आफुहरुले दिएको सुझावलाई सरकारले व्यवस्था गरेकोले आफुहरु आन्दोलनको घोषणा गरेको नेपाल स्वास्थ्यकर्मी यूनियनका सिरहा जिल्ला अध्यक्ष राम सेवक रायले बताएका छन् । कार्यरत रहेकै स्वास्थ्य संस्थामा पुल दरबन्दी सृजनागरी माथिल्लो तहको जिम्मेवारी तथा कार्य विवरण सहित पद व्यवस्थापन गर्नुपर्ने भनी रहदा पनि मन्त्री  परिषदले त्यसको ठिक विपरीत निर्णय गरेको भन्दै स्वास्थ्य क्षेत्रका कृयाशिल ट्रेड यूनियनहरुले फाल्गुण २९ गते देखि आकस्मिक सेवा बाहेक जिल्लाको नियमित कार्यक्रमहरु ओपिडी सेवा, खोप, गाउँघर क्लिनीक, तालिम गोष्ठि तथा मासिक स्टाफ बैठक नगर्न नगराउन प्रेस विज्ञप्ति मार्फत उनीहरुले स्वस्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । जिल्ला भरीका स्वास्थ्य संस्थाबाट सैयौंको संख्यामा आइतबार सिरहा सदरमुकाममा आएका स्वास्थ्यकर्मीहरुले सदरमुकाममा बिरोध जुलुस प्रदर्शन गरेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.