शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
औषधि व्यवसायीमाथि गोली प्रहार गर्ने तिन जना पक्राउ
असाड १, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार १ - 
सिरहा मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार घटनामा संलग्न तीन अभियुक्त पक्राउ परेका छन् ।गत २२ जेठमा साँझ पसलमै बसिरहेका मिर्चैया नगरपालिका ६ स्थित सिद्धी मेडिकोका सञ्चालक स्थानीय वर्ष ४० का रामसागर साफीमाथि गोली प्रहार भएको थियो ।  मास्क लगाएर समूहमा आएका उनीहरूले दुई राउण्ड गोली चलाउँदा रामसागरको बाँया खुट्टाको तिघ्रा र बाँया हातको कुहिनामा गोली लागेको थियो ।प्रहरीले झण्डै १० दिनपछि घटनामा संलग्न तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ।

पक्राउ पर्नेहरुमा मिर्चैया ६ कै ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार ११ का ४५ वर्षीय मो. हकिम फकिर रहेका छन् । जसमा सूर्यदेव रामसागरका आफ्नै सहोदर दाइ हुन् भन्ने रोहित आफ्नै भतिजो हुन् । सूर्यदेवले पारिवारिक रिसइवी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई रकम दिई रामसागरमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाका अभियुक्तहरूले संलग्नता स्वीकार गरिसकेको जिल्ला सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताउनु भयो ।
घटनामा संलग्न साफी परिवारकै दुई जना र आपराधिक समूहका एक जना गरी तीन जना पक्रउ परेको र आपराधिक समूहका अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सिरहा जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।उनीहरूमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.