शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती
असाड ५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार ५ - 
सिरहाको सदरमुकाम सिरहा,लहान,गोलबजार ,धनगडी ,मिर्चैया लगायतका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्लाको लहान बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी बिर्जु यादव बताउछन । विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लहान –८ का सुरेश साहले बताए । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने जेनरल फिजिसियन डा. रितेश कुमार गिरि बताउनु हुन्छ। कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा. गिरिले सुझाव दिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.