शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा बाट ब्राउन सुगर सहित एक पक्राउ
असाड १८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार १८ - 
सिरहा प्रहरीले ब्राउन सुगर सहित एक भारतीयलाई पक्राउ गरेको छ। शुक्रवार दिउँसो करिब ४ बजे सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका -३ बरियारपट्टी स्थित हाँस फारम नजिकै सशत्र प्रहरी बल नेपाल बि.ओ.पि. बरियारपट्टी र ईलाका प्रहरी कार्यलय बरियारपट्टीबाट खटिएको संयुक्त पैदल गस्ति टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा भारत,जिल्ला मधुवनी, कारगेगुत्री ग्राम पञ्चायत तेनुवाही -९ बस्ने अन्दाजी बर्ष २३ को कैलाश कुमार गुप्ता ब्राउन सुगर सहित पक्राउ परेका छन्। पक्राउ परेका गुप्ताको साथ बाट कालो प्लाष्टिकमा पोको पारि राखेको सेतो प्लाष्टिक सहित अन्दाजी १९ ग्राम  ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र नगद रु. १५ हजार बरामद भएको सशत्र प्रहरी बल नेपाल सिराहाका डिएसपी निलकमल अचार्यले जानकारी दिनुभयो। पक्राउ परेका गुप्तालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय बरियारपट्टी पठाईएको डिएसपी अचार्यले बताए। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.