शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुनचाँदी व्यवसायी सारडाको घरमा डकैती गर्ने डाँका पक्राउ
साउन १३, २०७८ | सरगम खबर समाचारदाता

सिरहा २०७८ श्रावन १३ -  
धनुषा , सिरहा सहित देशका विभिन्न स्थानमा हतियार देखाइ डकैती तथा लुटपाटमा संलग्न रहेका एक कुख्यात डाँका पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ४ ठाडी बस्ने वर्ष ४० का चन्दन पासवान रहेका छन् ।खोजतलास गर्ने क्रममा पासवानलाई मंगलबार साँझ ५ बजेको समयमा घरमा लुकिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटेको सादा पोशाकक प्रहरी, इलाका प्रहरी कार्यालय खजुरी, प्रहरीचोकी ठाडीझिझाको संयुक्त टोलीले पक्राउ गरेको हो ।उनलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहान सिरहामा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।प्रहरीका अनुसार पासवानसहितको समूहले ७ बजे साँझ ३० चैत २०७७ को दिन सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा डकैती तथा लुटपाट गरेका थिए ।राजशको घरमा उनका बुवा भगिरथ सारडा र उनको परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटपाट गरि फरार रहेका डाकाँ मध्ये पासवाना समेत रहेको जनाइएको छ ।

यस्तै २०६७।०४।२९ गते जिल्ला रुपन्देहीको चिल्हिया गाविस वार्ड नं. ६ स्थित फतेसिहं राणा र उत्तमकुमार क्षेष्ठको घरमा समेत डकैती गरेको घटनामा पासवानको संलग्नता रहेको प्रहरीको भनाइ छ ।यस्तै महोत्तरी जिल्लाको विभिन्न स्थानमा डकैती तथा लुटपाट गरेको घटनामा समेत पासवानमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समेत डाँका मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.