शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका संस्थागत विद्यालयहरु विहिबार देखि खुल्दै
भाद्र ९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ ९ -
गत वर्षको २०७६ चैत्र ६ गते देखि २०७७ असोजसम्म तथा २०७७ चैत्र देखि हालसम्म कोभिड -१९ का कारण बन्द रहेका सिराहाका संस्थागत विद्यालयहरु मिति २०७८ भदौ १० गते विहिवार खुल्ने भएका छन् ।सिरहाका संस्थागत विद्यालयहरुका संचालकहरुले बुधबार पत्रकार सम्मेलन गरि अषाढ महिनाको दोस्रो साता देखि कोभिड -१९ को दोस्रो लहर सामान्य तर्फ उन्मुख हुँदै तेस्रो - चौथो हप्तामा आइपुग्दा संक्रमण दर अत्यन्तै न्यून हुदै गइरहेको जानकारी गराउदै विहिवार देखि भौतिक उप्स्तिथिमै स्वास्थ्य सम्बन्धि मापदण्डहरु अपनाएर कक्षा ६ देखि कक्षा १२ सम्मका सम्पूर्ण विषयहरुको पठनपाठन नियमित रुपमा संचालन हुने जनाइएको छ। 

नेशनल प्याब्सन सिरहा र प्याब्सन सिरहाको संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनको अध्यक्षता प्याब्सन सिरहाका अध्यक्ष लालबाबु राय र नेशनल प्याब्सनका उपाध्यक्ष सुदिप चौधरीले गरेको कार्यक्रममा नेशनल प्याब्सन प्रदेश २ का अध्यक्ष जय प्रकाश चौधरी ,प्याब्सन प्रदेश २ का अध्यक्ष मुरारी साह ,नेशनल प्याब्सनका केन्द्रिय सल्लाहकार पाण्डव हमाल ,नेशनल प्याब्सन सिरहाका सल्लाहकार चक्रपाणि दाहाल , नेपाल पत्रकार महासंघ सिरहा शाखा सभापति मनोज यादव बनैता ,निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता लगायत कार्यसमिति सदस्य विभिन्न मिडियामा आवध दर्जनौ संचारकर्मीहरुको उपस्तिथीमा सम्पन्न पत्रकार सम्मेलनमा संस्थागत विद्यालयका संचालक तथा पदाधिकारीहरुले संक्रमण दर न्यून रहेको परिणामस्वरूप सरकारी कार्यलयहरु पुर्ववत सामान्य वातावरणमा संचालनमा छन्। व्यापार -व्यवसाय निर्वाध रुपमा कारोवार गरिरहेका छन् ,छोटो दुरीका साना यातायातका साधनहरु ( टेम्पो ,म्याजिक ,विंगर ,सिटि -रिक्सा,  मिनिबस ) कोचाकोच यात्रुहरु बोकेर चलिरहेका छन्,लामो दुरीका यातायातलाई खुल्ला गरिएको छ।  राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान सेवा संचालनमा छ ,भारत संगका नाकामा आवतजावत खुल्ला गरिएको छ ,चिया नास्ता पसलहरु ,होटल तथा लजहरुले विना कुनै रोकटोक आफ्नो सेवा संचालन गरिरहेका छन्। हाटबजार कोलाहल र भिडभाडका साथ् सुचारु छन्। तर राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षालयहरु बन्द हुनुले राष्ट्रका हजरौ कर्णधारहरुको भविष्य अन्धकारमै बन्दै गएको प्रति दु:ख व्यक्त गर्दै  विभिन्न सरोकारवाला संग छलफल तथा परामर्स गरि विद्यालय खोल्ने निर्णय गरिएको बताए। 

त्यस्तै नियमित रुपमा कक्षा संचालन नहुनु , कक्षा १० ( एसईई ) परिक्षा गत वर्ष र यस वर्ष पनि नहुनु ,अरु तहका परीक्षा पनि मापदण्ड बमोजिम नहुनुका कारण शिक्षाको गुणस्तरमा ह्रास आएको प्रष्ट पार्दै विद्यालयमा पठन-पाठन नभएका कारण सम्पूर्ण बाल मस्तिस्कमा नकरात्मक प्रभाव पर्न थालेको ,अन्य सबै क्षेत्र तथा आवतजावत खुल्ला रहेका कारण किशोर अवस्थाका बाल बालिकाहरु कुलतमा फस्दै गएको बताउदै  यस सन्दर्भमा संवेदनशील नहुने हो भने अबका कम्तिमा दुइ जेनेरेसनको भविष्य कहालीलाग्दो हुने देखिन थालको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

यसै बीच कार्यक्रमा संचारकर्मिहरुले संस्थागत विद्यालयहरुले विभिन्न कार्यक्रमको नाममा उठाउने गरेको अतिरिक्त शुल्क बन्द गर्नु पर्ने , चर्को हुदै गएको मासिक शुल्क कम हुनुपर्ने , गरिव तथा जेहेन्दार विधार्थीहरुका लागि छात्रवृतिको व्यवस्थाका साथै गरिब, मजदुरका छोरा छोरीहरु पनि संस्थागत विद्यालयमा पढ्नपाउने वातावरण बनाउनु पर्ने ,पाठ्यक्रममा पनि एकरुपता हुने पर्ने लगायतका कुराहरुमा सचेत गराउदै स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डहरु अपनाउदै जिल्लाको संक्रमण दरलाई मध्येनजर गरि विद्यालयहरु संचालन गर्नहुन सुझाव दिएका थिए। 

वास्तविकता बुझ्ने हो भने स्वास्थ्य मापदण्डको खिल्ली उराउदै भिडभाड गरि सरकारी कार्यलय ,छोटो तथा लामो दुरीका यातायात सेवा ,उधॊग-व्यवसाय,होटल तथा लज,हात-बजार ,नाकाहरु संचालन हुन्सक्ने परिवेशमा स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्डहरु सहज रुपमा अपनाउदै अनुशासित वातावरणमा विद्यालयहरु पनि संचालन गर्न सकिने आधारहरु तयार भएको देखिन्छ। 

यसैबीच लहान नगरपालिकाले भदौँ १३ गते सम्ममा स्वास्थ्य मापदण्ड पुरा गरी सामुदायिक र संस्थागतलगायत सबै विद्यालय सञ्चालन गर्न निर्णय गरेको छ ।  

यस्तो स्वास्थ्य मापदण्ड अनाउने संस्थागत विद्यालयहरुको प्रतिबद्धता :

१.विद्यालय गेटमा प्रत्येक शिक्षक/कर्मचारी/विद्यार्थीको थर्मल गनबाट तापक्रम मापन गरिनेछ र १००.४ भन्दा बढी तापक्रम भएका वा रुघाखोकी लागेको पाइएमा तुरुन्त घर फिर्ता पठाइनेछ । अनिवार्य मास्कको प्रयोग गराइनेछ ।

२. विद्यालय परिसरमा प्रवेश गर्ने बितिकै साबुनपानीले हात धुने र सेन्टिाइजरको प्रयोग अनिवार्य व्यवस्था मिलाइनेछ ।

३.कक्षा कोठालाई प्रत्येक दिन सेन्टिाइज गरिनेछ र सफासुग्घर राखिेनछ ।

४. प्रत्येक बेन्चमा २/३ जना मात्र विद्यार्थी राखेर कक्षा सञ्चालन गरिनेछ ।

५. प्रत्येक कक्षाको इन्टर्भलमा साबुनपानीले हात धुने वा सेन्टिाइजर गर्ने व्यवस्था मिलाइनेछ ।

स्कुल बस सञ्चालन सम्बन्धी मापदण्डहरु 
१. बसमा प्रवेश गर्नुभन्दा पहिले थर्मल गनबाट तापक्रम मापन गरिनेछ र १०० डिग्री भन्दा भन्दा बढी तापक्रम भएमा वा रुघाखोकी लागेको पाइएमा बसमा प्रवेश दिइने छैन् । 

२. सिटको क्षमता बमोजिम मात्र विद्यार्थी राखिनेछ ।

कक्षा सञ्चालन तथा शिक्षण विधि
१. विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को तफा ११ बमोजिम प्रत्यक्ष साक्षात्कार माध्यमबाट कक्षा ६ देखि १२ सम्मको पठन पाठन कार्य सुचारु गरिनेछ । अन्य कक्षा अर्को हप्ताबाट आवश्यक समन्वय गरी सञ्चालनमा ल्याइनेछ । 

२. विद्यार्थी केन्द्रित सिकाई पद्धतिको अबलम्बन गरिनेछ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.