शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जय प्रकाश कुटपिट प्रकरण :नाटक मात्रै भएको सुरुज यादवको भनाई
भाद्र २९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ २९ - 
भगवानपुर गाँउपालिकाका–१ भगवानपुरका सुरुज यादवले "जय प्रकाश कुटपिट प्रकरण : नाटक मात्रै भएको स्पष्ट परेका छन्। पारिवारिक अंशवण्डाको समस्यालाई झगडाको रुप दिई अरुको उस्काहटमा जय प्रकाशले विभिन्न नाटकहरु गरिरहेको भन्दै पारिवारिक कलहलाई सुल्झाउन चाहेको बताएका छन्। लहान स्थित रेडियो सरगमको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो बताएका छन्। उहाँका अनुसार मेरो पिता गौरी शंकर यादव, जय प्रकाश यादवको पिता शिब शंकर यादव र राम शंकर यादव तीन दाजुभाई पारिवारिक कलह हटाउन पटक–पटक समाजमा बस्न खोजेपनि भाई जय प्रकाश यादव समाजमा बस्न नमानेर निहुँ खोज्दै कान्छो काका राम शंकर यादव (नेताजी) लाई बदनामी गराउन अरुको उक्साहटमा परेर यस्तो गरिरहेकोले यस समस्यालाई सुल्झाउन हाम्रो प्रयास अहिले पनि जारी रहेको बताएका छन्।‘केहि दिन पहिला पत्रकार सम्मेलन गरेर भाई जय प्रकाश यादवले पिता शिव शंकर यादवलाई समेत हातपात गरेको भनि लगाएको आरोपहरु   नाटक मात्रै भएको भन्दै पत्रकारहरुलाई गाँउमै आएर गाँउका भरभलादमीहरुसँग बुझेर पारिवारिक समस्यालाई नतन्काई समाधानउन्मुख  बनाई दिन उहाँले आग्रह गरेका छन्।

उहाँले तीनै दाजुभाइको नाममा सगोलमा नै जग्गा जमीन रहेको छ । बढी जग्गा काका शिब शंकर यादवकै नाँउमा छ। काका शिब शंकरले किम्ती जग्गा विक्री समेत गरि सक्नु भएको छ । बाँकी रहेको जग्गा अंशवण्डा गराउन हामी तयार छौ । यसको लागि गाँउमा बैठकको लागि निर्धारित गरेको समय थियो" यहि भदौ २ गते । भदौ २ गते बस्न भाई जय प्रकाशले नमानेपछि ४ गतेको लागि समय लियौ । विहान आठ बजे बस्ने बेलामा जय प्रकाश बाहिरजान खोजेपछि मोटर सायकलको साँचो खोसेर बैठकमा बसौ भन्दा आफूलाई मारपटि गरेको गलत प्रचार गरिरहेको सुरुज यादवको तर्क छ।

हिस्सा फाँट दिन मानिरहेको छैन, केहि बोल्दा मारपिट गर्ने गरेको र बहुमुल्य जग्गा हिस्साफाँट नदिन चाहेको जय प्रकाशले लगाएको आरोपमा के भन्नुहुन्छ ? भने संचारकर्मीको प्रश्नको जवाफमा सुरुज यादवले आरोपहरु सबै निराधार हुन । भाइ जय प्रकाशले इच्छाएको पञ्चहरु नै ल्याउन तर सामाजमा बसेर पारिवारिक कलह सुल्झाउन तयार होउन । सामाजमा बस्न तयार भएपछि पत्रकारहरु समेत सहभागी भएर सत्य तथ्य बुझि दिनुस मेरो आग्रह छ ।’काका राम शंकर यादव नेता जी को पनि चाहना पारिवारिक कलह बल्झाएर कसैले राजनीति फाइदा लिनु हुँदैन भन्ने नै रहेको उनले प्रष्टयाएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.