शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सामुदायिक सिकाइ केन्द्रका कर्मचारीहरुले १५ महिनादेखि तलब भत्ता नपाएको गुनासो
आश्वीन २४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज २४ - 
सिरहाको लहान नगरपालिका क्षेत्र भित्र रहेका ७ वटा सामुदायिक सिकाइ केन्द्रका कर्मचारीहरुले १५ महिनादेखि तलब भत्ता नपाएको गुनासो गर्दै पत्रकार सम्मेलन गरेका छन्। सामुदायिक सिकाई केन्द्र नगर समन्वय समिति लहान द्वारा आयोजित पत्रकार सम्मेलनमा शहिद रमेश महतो सामुदायिक सिकाई केन्द्र लहान -२ ,लवकुश सामुदायिक सिकाई केन्द्र लहान -४ ,मधेश सामुदायिक सिकाई केन्द्र लहान -१९ कटहा ,सिर्जनशिल सामुदायिक सिकाई केन्द्र लहान -२१ ,मिथिला सामुदायिक सिकाई केन्द्र लहान -२३ गाढा ,प्रगतिशील सामुदायिक सिकाई केन्द्र लहान -२४ मा कार्यरत महिला परिचालक र सिकाइ केन्द्रका व्यवस्थापन समितिका पदाधिकारीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि लहान नगरपालिका शिक्षा शाखा बाट महिला परिचालकले खादै आएको मासिक तलब ,भत्ता ६२०० र केन्द्र संचालन एवं व्यवस्थापन अनुदान विगत २०७७ साल श्रावन १ गते देखि हाल सम्म १५ महिना बित्न लाग्दा पनि चाडपर्वको मुखमा समेत लहान नगरपालिका बाट निकासा नहुने छाटकाट देखिएपछि निराह भई बाध्य भएर न्यायको लागि पहल गरिदिन्हुन सम्बन्धित निकाय एवं सरोकारवालाहरु क्रमस जिल्ला प्रशासन कार्यलय सिरहा ,शिक्षा विकास तथा समन्वय ईकाई सिरहा ,संचारकर्मी राजनीतिक दल,सामाजिक अभियन्ता ,अधिकारकर्मी लगायतलाई प्रेस विज्ञप्ति मार्फत आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा सामुदायिक सिकाई केन्द्र नगर समन्वय समिति लहानका संयोजक ज्ञान कुमार महतोले नगर प्रमुख मुनि साह र प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाललाई पटक-पटक आग्रह गर्दा पनि कुनै वास्ता नगरि आफुहरुलाई अपमानित समेत गरेको आरोप लगाएका छन्। 

विज्ञप्तिमा जनाए अनुसार तत्कालिन जिल्ला शिक्षा कार्यलय सिरहाले स्वीकृति दिई आफ्नो निर्देशन ,नियम अनुगमनमा र सामुदायिक सिकाई निर्देशिका बमोजिम केन्द्रको काम कारवाहीहरु संचालन गर्ने गरि स्थापना भएका सामुदायिक सिकाई केन्द्रहरुले समुदायको आवश्यकता अनुसार साक्षरता ,निरन्तर शिक्षा ,जीवनपर्यन्त सिकाई तथा सामुदायिक विकास कार्यक्रम पहिचान संचालन एवं व्यवस्थापन गर्न नियमितरुपमा सिकाई केन्द्र संचालन तथा व्यवस्थापन अनुदान निकासा ,समय -समयमा सिकाइ केन्द्रको पदाधिकारीहरुको क्षमता अभिवृद्धि तालिम गोष्ठी ,स्थलगत अध्यन भ्रमण अवलोकन ,उत्कृष्ट सामुदायिक सिकाई केन्द्रलाई प्रोत्साहन स्वरूप थप अनुदान प्रदान गर्ने जस्ता कार्यक्रमहरुको व्यवस्था गरि सिकाइ केन्द्रहरुको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको तत्कालिन जिल्ला शिक्षा कार्यलयको सम्पूर्ण दायित्व र अभिभारा हालको परिवर्तित व्यवस्था अनुसार स्थानीय तहहरुमा सरेको हुँदा साविकभन्दा अझ बढी प्रभावकारी रुपमा सिकाई केन्द्रहरुको संचालन ,व्यवस्थापन एवंम संस्थागत विकास हुने भनि आशावादी रहेका हामि सामुदायिक सिकाई केन्द्रहरु यस स्थानीय निकाय लहान नगरपालिकाको उपेक्षाको सिकार भई ओझेलमा पर्दै गइरहेको आरोप लगाउदै केन्द्रहरुको कार्यलय संचालन एवंम व्यवस्थापन गर्न शसर्त अनुदान अन्तर्गत वार्षिक रुपमा पाउदै आएको एक लाख र प्रस्तावनाको आधारमा थप एक लाख गरि दुई लाख अनुदान निकासा अदिदा कर्मचारीलाई तलव खुवाउन नसकेको उल्लेख गरेका छन्। 

यता लहान नगरपालिकाका प्रवक्ता तथा शिक्षा संयोजक राजकुमार साहका अनुसार लहान नगरपालिका क्षेत्र भित्र रहेका समुर्ण सामुदायिक सिकाइ केन्द्रहरु निस्क्रिय अवस्थामा रहेको,मापदण्ड अनुरुप कार्य नगरेको र नवीकरण समेत नभएको कारण तलव खुवाउने कुनै आधार नरहेको बताउदै नगरपालिका , नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत माथि लगाइएको सम्पूर्ण आरोपहरु निराधार र तथ्यहीन संगै नगरपालिकालाई बदनाम गराउने उदेश्यले गरिएको राजनीतिक चलखेल भएको बताएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.