शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका सारस्वरमा पहलवानी प्रतियोगिता
फाल्गुन १२, २०७३ | शुभ नारायण कामति

शुभ नारायण कामती - 
सिरहा, १२ फाल्गुन । सिरहाको सारस्वरमा बुधबारबाट पहलवानी प्रतियोगिता शुरु भएका छन् । प्रतियोगिताका प्रमुख अतिथी नेकपा एमालेका सिरहा जिल्ला अध्यक्ष प्रमोद यादव र विशिष्ठ अतिथी नेकपा माओवादी केन्द्रका नेता डा. नविन कुमार यादवले एकसाथ रिबन काटेर उद्दघाटन गरेका छन् । सारस्वरमा हुने महाशिवरात्री मेला महोत्सवको अवसरमा पहवानी प्रतियोगिता आयोजना गरिएको मेला महोत्सव समितिका सदस्य मनोज मण्डलले बताएका छन् । उनका अनुसार बुधबार देखि तिन दिनसम्म हुने उक्त प्रतियोगितामा नेपालका प्रहलाद बाबा, नरेश गिरी पहलवान, मंगला पहललान, बसन्तथापा पहलवान लगायत भारत हरिद्धारका, अब्दुलगानी पहलवान, यूपीका ओमकार पहलवान, पप्पु पहलवान, बनारसका सुनिल पहलवान, राजस्थानका बादल पहवान, पंजावका भुर्रा पहलवान हरु सहभागि भएका छन् । पहलवानी प्रतियोगिताबाट पहिलो हुने पहलवानलाई गद्दा, दोस्रो र तेस्रो हुनेलाई मेडल दिइने महाशिवरात्री मेला महोत्सव समितिका अध्यक्ष शिव शंकर झाले बताएका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.