शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्याव्सनको सिरहा जिल्ला अध्यक्षमा चौधरी निर्विरोध
पौष १०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष १० - 
निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिरहाको अध्यक्षमा उमेश चौधरी चयन भएका छन्।शुक्रवार लहानको रौनियार सेवा सदनमा भएको प्याव्सनको ८ औ जिल्ला अधिवेशनले चौधरीको अध्यक्षमा निर्विरोध नयाँ नेतृत्व चयन गरेको हो। नवगठित प्याब्सन जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव ,उपाध्यक्षमा रिता कुमारी साह ,सचिवमा सुरेश साह , सह सचिवमा शुसिल कुमार यादव, कोषाध्यक्षमा धगेंद्र योञ्जन, सह कोषाध्यक्षमा उमेश कुमार यादव ( बि ) चयन भएका छन्। त्यस्तै प्याब्सन सदस्यहरुमा ताराकान्त चौधरी र विजय यादव सहित ९ जनाको नयाँ कार्यसमिति चयन भएको प्याव्सन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साहले जानकारी दिए । तिन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएका चौधरी प्यारागन उच्च मावि स्कुलका संस्थापक प्रीन्सिपल संगै लहान सिटि जेसिजका पुर्व अध्यक्ष समेत हुन्। अधिवेशनको उद्घाटन सत्र  प्याव्सनका निवर्तमान जिल्ला अध्यक्ष लालबाबु रायको अध्यक्षता तथा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.