शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि:शुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
पौष १०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ पौष १० -
सिरहाको लहान -१९ मा कबिर हेल्थ केयर सेन्टर प्रालि तथा लायन्स क्लव अफ लहान फूलवारीको संयुक्त आयोजनामा नि:शुल्क होमियोप्याथिक स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ। होमियोप्याथिक विशेषज्ञ चिकित्सकहरुको उप्स्तिथिमा पहिलो पटक सम्पन्न उक्त शिविरमा पुरुष ११२ जना र महिला १४५ जना गरि जम्मा २५७ जना सेवाग्राहीहरुले स्वास्थ्य लाभ लिएको कबिर हेल्थ केयर सेन्टर प्रालि लहानका चिकित्सक विनय कुमार यादवले जानकारी दिए। शिविरमा औषधि पनि नि:शुल्क वितरण गरिएको थियो। शिविरमा लायन्स क्लव अफ लहान फूलवारीका अध्यक्ष राकेश झा लगायत पदाधिकारीहरुको समेत उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.