शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरी द्वारा एक सय विपन्न परिवारलाई कम्बल वितरण
माघ २३, २०७८ | फिरोज शेख

फिरोज शेख / संजय विश्वकर्मा लहान २०७८ माघ २३ -
 सिरहाको लहान नगरपालिकाको चार वटा वडामा शनिबार कम्बल वितरण गरिएको छ । वडा नम्बर– ४ , ११, १९ र २२ का १ सय जनालाई कम्बल बाँडेको समाजसेवी महेश प्रसाद चौधरीले बताएका छन् । नेपाली कांग्रेसका क्षेत्र नम्बर– १ का क्षेत्र सभापति समेत रहेका चौधरीले लक्षितवर्ग समुदाय अन्तर्गत विपन्न परिवारहरुको घरमा गएर कम्बल बाँडेको बताए । शितलहर र जाडोको कारण कोई नमरुन् भन्ने उदेश्य सहित एकल महिला , बृद्धबृद्धा, अति अशक्त, दलित , गरिब परिवारहरुलाई राहत स्वरुप उक्त सामग्री सहयोग गरेको उहाँले बताउनु भयो । स्वर्गीय संगिता कर्माचार्यको जेठो छोरा अभिषेक अग्रवाल अस्ट्रेलियाबाट नेपाल आएका छन् । अध्ययनको शिलशिलामा उनि अष्ट्रेलियामा बस्छन् ।  स्वर्गीय आमा कर्माचार्यको सम्झनामा वुवा चौधरी संग उनि समेत बिपन्न परिवारको घरमा पुगेर कम्बल बाँडे ।   

समाजसेवामा अतुलनिय योगदान रहेको चौधरीको श्रीमती संगिता कर्मचार्यको यसै बर्ष जेष्ठ २२ गतेका दिन कोरोनाको कारणले ज्यान गयो । कोरोना महामारीको विकराल अबस्थामा श्रीमान ,श्रीमती दुबैजना संयुक्त रुपमा राहत बाड्न दैनिक रुमपा विपन्न परिवारको घरमा पुग्ने गरेका थिए ।दुबैजनाले लहान नगरपालिका लगायत जिल्लाका बिभिन्न ठाउँमा दाल , चामल , नुन , तेल , लगायतका करोडौ बराबरको खाध्यान समग्री बाँडेका थिए ।राहत बाँडदा बाँडदै कर्माचार्यको निधन भयो । निधन पश्चात समाजसेवी चौधरीले आफु बाँचुन्जेल श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गते बिपन्न बस्तीहरुमा राहत बाँड्ने घोषणा गरेका थिए।उक्त घोषणालाई कार्यान्वन गर्न प्रत्येक महिनाको २२ गते  समाजसेवी चौधरीले राहत बाँडदै आईरहेको छ । यस बर्षको जाडोमा करिब ५ सय जनालाई कम्बल बाँडिसकेको बताए ।संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्धारा व्यक्तिगत लगानीमा  चौधरीले राहत सामग्री सहयोग गर्ने गरेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.