शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि:शुल्क गुडिया बनाउने तालिम शुरु
फाल्गुन २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ फागुन २७ - 
लहान ८ मा बसोबास गर्ने महिलाहरुको सिप विकासका लागी गुडिया बनाउने तालिम शुरु भएको छ। लहान नगरपालिका वडा न .८ को वडा कार्यलयको आयोजना र चन्द्र शेखारलाल मेमोरियल ट्रष्ट लहान ८ को सहकार्यमा एक महिले नि:शुल्क गुडिया बनाउने तालिम विहिवार बाट शुरु भएको हो। वडा अध्यक्ष विजय कुमारको अध्यक्षता, लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालको प्रमुख आतिथ्यता तथा चन्द्र शेखारलाल मेमोरियल ट्रष्टका अध्यक्ष दिपेन्द्र कुमार कर्ण,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख ,लहान नगरपालिकाका सुचना अधिकारि संजय साहको विशिष्ट आतिथ्यता र प्रशिक्षक माया कुमारी गुप्ता र संजु महतोको आतिथ्यतामा  एक महिले नि:शुल्क गुडिया बनाउने तालिमको शुभारम्भ गरिएको छ। ५० जना महिलाहरुको सहभागिता रहेको तालिमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि तथा अतिथिहरुले यस्ता तालिमले महिलाहरुको ब्यक्तित्व विकास हुनुका साथै जिविकोपार्जनको पनि बाटो खुलने बताउदै आजको युगमा महिलाहरुलाई पनि विभिन्न तालिमहरुमा सहभागि गराई अगाडी बढाउनु पर्ने जरुरी रहेको बताए। तालिममा सिकेका सिपहरु व्यवहारमा उतार्न गुडिया बनाउने तालिमका सहभागीहरुलाई सुझाब दिदै तालिममा मात्रै सिमित नराखेर आगामी दिनमा सबैले आत्मनिर्भर रहने गरी सिकेका सिपलाई सबैसामु पुर्याउनुपर्ने बताउनु भयो। उद्घाटन सत्र कार्यक्रमको संचालन वडा सचिव अशोक मण्डलले गरेका थिए।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.