शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समजेवी चौधरीद्वाराअग्नि पीडितलाई राहत वितरण
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ चैत २३ - 
नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ का सभापति तथा समजेवी महेश चौधरी लहान नगरपालिका २४ का अग्नि पीडितको घरमै पुगेर राहत वितरण गरेको छ । चौधरीले लहान नगरपालिका २४ डाँडाटोल स्थित सदाय वस्तीमा राहत वितरण गरेको हो । उक्त स्थानमा केहीदिन अघि सुनिता सदाय र रामपरी सदायको घर जलेर नष्ट भएको थियो । पीडित सदाय परिवारलाई समजेवी चौधरीले चामल, दाल, आलु, साडी, त्रिपाल, भाडावर्तन, नुन, तेललगायतका सामग्री राहत स्वरूप  उपलब्ध गराएका छन्। चौधरी श्रीमति  संगीता कर्मचारीको सम्झनामा हरेक महिनाको  २२ गते समाजसेवा मार्फत गरिब, विपन्न वस्तीमा राहत सहयोग गरिरहेको छ । सोही अभियान स्वरुप मंगलबार राहत वितरण गरिएको समाजसेवी चौधरीले जानकारी गराए। समाजसेवी संगिताको ११ महिनाअघि कोरोना संक्रमणले ज्यान गएको थियो। महेश र संगिता कोरोना कहरको पहिलो चरण देखि नै समस्यामा परेका व्यक्तिहरुलाई राहत वितरण गर्दै आएका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.