शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरप्रमुख चौधरी द्वारा जस्तापाता वितरण कार्य शुरु
जेठ ३१, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ जेठ ३१ -
सिरहाको लहानमा खरका छाना विस्थापित गर्ने उदेश्य सहित लहान नगरपालिकाले जस्तापाता वितरण कार्य शुरु गरेका छन्। लहान नगरपालिकाका नव निर्वाचित नगरप्रमुख महेश प्रसाद चौधरीले फुसकाे घर भएको र हावाहुरीले घर भत्किएको व्यक्तिहरुलाई जस्तापाता ( चदरा )  वितरण कार्यलाई तिव्रता दिएका छन्। नगरप्रमुख चौधरी सोमबार आफैं संचारकर्मी र प्राविधिक टोलि सहित वडा न.१४ का वडा अध्यक्ष धनिलाल यादव र वडा न.२४ का वडा अध्यक्ष रास लाल राय राजपुतको रोहवरमा वडा अन्तरगत रहेका टोलहरुमा पुगी अनुगमन गरि  नामावली संकलन संगै एउटा घरका लागि कति वटा जस्तापाता लाग्ने भनि प्राविधिक संग लम्बाई -चौढाई नापी गराई लगत ईस्टिमेट समेत संकलन गरि करिब ५० जना खरका छाना भएका र १० जना हावाहुरीले घर भत्किएकाहरुलाई मंगलवार नगरपालिकाको कार्यलयमा सम्पर्क गरि जस्तापाता ( चदरा ) लिन बोलाएका छन्। 

लहान नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइने कार्यक्रम कार्यान्वयनमा आएको हो। स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको सम्भावना र हावाहुरी संगै बर्षको समयमा हुने दुर्घटना लाई दृष्टिगत गर्दै लहान नगरपालिका तथा सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरका छाना विस्थापित गरि जस्तापाता लगाउन लागिएको नगर प्रमुख चौधरीले बताउनुभयो।“कतिपय नागरिक खरको छाना फेरेर जस्तापाता लगाउन सक्ने अवस्थामा पनि हुनुहुन्न”, नगर प्रमुख चौधरीले भन्नुभयो, “खरका छाना भएका नागरिकलाई समाजमा हेर्ने प्रवृत्ति पनि फरक हुने गरेकाले उहाँहरुको मागका आधारमा आफै अनुगमन गरि जस्तापाता वितरण कार्यक्रमलाई तिब्रता दिएको छु।

नगरप्रमुख चौधरीका अनुसार खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस, छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले तयार पारेको लगत ईस्टिमेटका आधारमा जस्तापाता उपलब्ध गराउने प्रक्रिया रहे पनि यो प्रक्रिया अलिक झन्झटिलो संगै विगतमा जस्तापाता पाउनु पर्ने सम्बन्धित व्यक्तिले नपाई हुनेखानेले समेत जस्तापाता पाएको रहस्य खुलेको हुनाले पनि स्वयम आफै अनुगमन गरि यस कार्यलाई अगाडी बढाएको बताउनु भयो। सोमबार बाट सुरु गरिएको खरका छाना भएका घरको अनुगमन टोलीमा नगरप्रमुख चौधरी संगै सव -इन्जिनियर शुसिल साह, कर्मचारी राम कृष्ण महतो, संचारकर्मी शम्भु यादव र फिरोज शेख रहेका थिए । २४ वटा वडा रहेको लहान नगरपालिकाको सम्पूर्ण वडामा स्वयम आफै पुगी खरका छाना भएका घरहरुको अनुगमन गर्दै जस्तापाता वितरण गर्ने योजना रहेको नगरप्रमुख चौधरी बताउनु हुनछ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.