शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जस्तापाता दिनुपर्ने लाभग्राहीको नामावली आफै संगकलन गर्दै नगरप्रमुख चौधरी
असाड २, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार २ - 
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले फुसकाे घर भएको र हावाहुरीले घर भत्किएको व्यक्तिहरुलाई जस्तापाता ( चदरा  )  वितरण कार्यलाई तिब्रता दिदै बुधबार आफैं संचारकर्मी र प्राविधिक टोलि सहित वडा नम्बर - १२ को भोटियाटोल,जटियाही र वडा नम्बर - १३ को सरस्वती डन्डाटोलमा पुगी ८४ जनाको घरमा स्थलगत अनुगमन गर्दै जस्तापाता दिनुपर्ने लाभग्राहीहरुको नामावली संगकलन गर्नु भएको छ।पहिलो चरणमा नगरभित्रका करिब ५ सय जना विपन्न परिवारको प्रत्येक घरमा जस्ताको छानो उपलब्ध गराउँछु ’, र यो काम बिस्तारै बिस्तारै सबै वडामा हुन्छ,'भन्दै उनले भने, गर्मी महिनामा आगलागीको समस्या र बर्षामा पानीबाट बँच्नको लागि जस्ताको छानो उपलब्ध गराइरहेको उहाँले बताउनु भयो। २४ वटा वडा रहेको लहान नगरपालिकाको सम्पूर्ण वडामा स्वयम आफै पुगी खरका छाना भएका घरहरुको अनुगमन गर्दै जस्तापाता वितरण गर्ने योजना रहेको नगरप्रमुख चौधरीले बताए।

लहान नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइने कार्यक्रम कार्यान्वयनमा आएको हो। वडा न.१२ अनुगमन गर्ने क्रममा वडा अध्यक्ष बद्रि नारायण चौधरीको समेत उपस्थिति रहेको थियो। हाल सम्म वडा नं. १२, १३, १४ र २४ को केही वस्तीमा पुगेर नगरप्रमुख चौधरी नामावली संकलन गरी जस्तापाता वितरण कार्यलाई तिब्रता दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.