शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको होटल राति १२ बजे सम्म खुल्ने : नगरप्रमुख चौधरीको
असाड २८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार २७ - 
लहान नगरपालिका नगरप्रमुख महेश प्रसाद चौधरीले लहानको होटल १२ बजे सम्म खुल्ने उद्घोष गर्नु भएको छ। जिल्ला जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको  नव निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उहाँले यस्तो उद्घोष गर्नु भएको हो। नगर प्रमुख चौधरीले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै उधोग वाणिज्य संग हातोमालो गर्दै यस क्षेत्र भित्रका व्यवसायीहरुको हकहितका लागि लहान नगरपालिका सदैव साथ रहने प्रतिवध्ता जनाउनु भयो। नगरप्रमुख चौधरीले व्यवसायीहरुले तिर्नु पर्ने राजस्वमा लाग्ने जरिवानाको छुट हद म्याद आर्थिक वर्ष २०७९/८० को असोज मसान्त सम्मका लागि बढाएका छन्। अब व्यवसायीहरुले नगरपालिकालाई तिर्नु पर्ने व्यवसायिक कर असोज मसान्त सम्म बुझाउदा पनि कुनै जरिवाना नलागने नगरप्रमुख चौधरीले उद्घोष गरेका हुन्। त्यस्तै श्रावन १ गते देखि लहान क्षेत्रभित्र पर्ने हाइवेमा अवस्थित खाना खुवाउने होटल राति १२ बजे सम्म र बजार भित्रका होटलहरु १० बजे सम्म खुल्ला रहने उद्घोष गर्दै यस कार्यमा प्रहरी प्रशासनलाई पनि सहयोग गर्न आग्रह गर्नु भएको छ। त्यस्तै शान्ति सुरक्षाको सवालमा प्रहरीले मत्रै गरेर नहुने भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताउदै लहान नगरपालिकाले नगरक्षेत्र भित्र शान्ति,सुरक्षा र अपराध न्यूनीकरण गर्न विभिन्न ठाउँमा ७५ लाखको क्यामेरा जडान गर्न लागेको जानकारी गराए। यसै बीच नव निर्मित शल्हेस सभाहलको पनि उद्घाटन पनि नगरप्रमुख चौधरी द्वारा गरिएको थियो। 

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको ३३औँ वार्षिक साधारण सभा एवं अधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि गरिएको निर्वाचनबाट नव निर्वाचित समितिलाई सोमबार पदभार तथा शपथ ग्रहण गराईएको छ। उद्योग वाणिज्य संघको नव निर्मित शल्हेश सभाहलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराईएको हो।निर्वाचन मण्डलले आयोजना गरेको उक्त कार्यक्रममा नवनिर्वाचित समितिलाई निर्वाचन प्रमुख अधिकृत उद्धव हमालले नव निर्वाचित अध्यक्ष विकास सारडालाई शपथ ग्रहण गराए। भने अध्यक्ष सारडाले निवर्तमान अध्यक्ष अशोकलाल अमात्य,प्रथम उपाध्यक्ष शत्रुधन प्रसाद चौधरी , रामभजन पंजियार ,कोषाध्यक्ष रामउदगार महतो,सचिव प्रदीपकुमार गुप्ता सदस्यहरु मनोज कुमार साह ,बद्री नारायण चौधरी, बैजनाथ साह सुडी, रबिन्द्रकुमार श्रेष्ठ,अमरनाथ साह तेली, मनोज कुमार महतो,महिला सदस्यहरु खुश्वु जयसवाल र रीतादेवी यादव पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।  शपथ ग्रहण गर्दै अध्यक्ष सारडाको नेतृत्वमा रहेको नवनिर्वाचित समितिका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुले संस्थाको विधानमा टेकि यस क्षेत्रका व्यवसायीहरुको हक हित संरक्षणका लागि सदैव कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा काम विशेषले वाहिर गएका महासचिव श्याम गुप्ता र सदस्य मखबुल आमलको उपस्तिथी देखिएन। 

पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष अशोक लाल अमात्यले आफ्नो कार्यकालमा भएका प्रगति विवरण तथा अनुभवहरु साटासाट गरेका थिए । उनले अबको वर्तमान कार्य समितिले यस क्षेत्रका व्यवसायीहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताए । अमात्यले आफ्नो कार्यकालमा कोरोना महामारी, लकडाउन जस्ता कठिन परिस्थितीको सामना गरी व्यवसायीहरुको हक हितको पक्षमा रहेको बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरे। 

त्यस्तै वर्तमान समितिका अध्यक्ष विकास सारडाले मतदान गरि आफ्नो नेतृत्वलाई निर्वाचित गराउनु हुनेसम्पुर्ण मतदाता, निर्वाचन मण्डल, निवर्तमान समिति तथा सल्लाहकारहरुमा आभार प्रकट गर्दै सदैव यस क्षेत्रका व्यवसायीहरुको हक हितमा कार्य गरी संस्थालाई अझ उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे। स्थानीय निकायले एक्कासी गरेको करको दर वृद्धि, मूल्यवृद्धि जस्ता समस्याहरु मात्र नभएर उद्योगी÷व्यवसायीहरुको आवाजलाई बुलन्द पार्नको लागि निश्चित योजनासहित अगाडि बढ्नु पर्नेमा उनले जोड दिए। 

कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले लहानमा शान्ति सुरक्षा सवल बनाउँन भन्दै बजार अनुगमनमा सरोकारवाला निकायले हातोमालो गरेर अघि बढ्न जोड दिए । उपप्रमुख महतोले हामी काम गर्न निर्वाचित भएका छौ । समग्र विकास निर्माणको लागि जनताले यहाँ पठाएको छ भन्दै व्यापारीहरुलाई संरक्षण गर्न लहान नगरपालिका २४ घण्टा तयार रहेको बताए। उपप्रमुख महतोले समाज परिवर्तनको लागि हामीलाई पठाएको छ । आमुल परिवर्तनको लागि हामी अभियानमै लागेको दाबि गरे। 

कार्यक्रममा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेवती रमण शर्मा, घरेलु  तथा साना  उधोग कार्यालयका प्रमुख दिपेन्द्र  कुमार यादव,संस्थाका पुर्व अध्यक्ष पवन मुन्धडा,नेपाल पत्रकार महासंघका सभापति मनोज बनैता यादव,लहान ७ का वडा अध्यक्ष राम औतार शर्मा,लहान ८ का वडा लगायतले मन्तब्य दिंदै निर्वाचि कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा लहान ३ का वडा अध्यक्ष राम दयाल महतो, लहान ८ का वडा अध्यक्ष श्याम साह भोरे भोर ,९ का अध्यक्ष घुरन चौधरी,१२ का वडा अध्यक्ष बद्रि नारायण चौधरी,१३ का वडा अध्यक्ष मनोज कोइराला लगायत सिरहा जिल्ला भित्रका व्यवसायी ,संचारकर्मी,विभिन्न संघ संस्थाका प्रतिनिधि,सुरक्षाकर्मी लगायतको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.