शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिका र वाटर एड बंगलादेश बीच दुई पक्षीय सम्झौता
भाद्र ९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ ९ - 
लहान नगरपालिका र वाटर एड बंगलादेश बीच दुई पक्षीय सम्झौता भएको जानकारी प्राप्त भएको छ। लहान नगरपालिकाको सरसफाई तथा दिशाजन्य पदार्थ व्यवस्थापनका लागी वाटर एड बंगलादेशका क्षेत्रीय निर्देशक मोहम्मद खैरुल र काउनट्री डाइरेक्टर हसन जहान संग हिजो बंगलादेशको राजधानी ढाकामा लहान नगरप्रमुख महेश प्रसाद चौधरी संग दुई पक्षीय सम्झौता भएको नगरप्रमुख चौधरीले जनाएका छन्। भाद्र ५ गते वाटर एड बंगलादेशको निम्तोमा सरसफाई तथा दिशाजन्य पदार्थ व्यवस्थापनका लागि बांग्लादेशको ढाका पुग्नु भएका नगरप्रमुख चौधरी सहितको टोलीले बुधबार वाटर एड बंगलादेश संग दुई पक्षीय सम्झौता गरेका हुन्। 

लहान नगरपालिकाको सरसफाई तथा दिशाजन्य पदार्थ व्यवस्थापनका लागी बंगलादेशको भ्रमणमा रहेको नगरप्रमुख चौधरी संगै लहान ३ का वडा अध्यक्ष राम दयाल महतो,वडा ५ का वडा अध्यक्ष अब्दुल करिम , लहान ७ का वडा अध्यक्ष राम औतार शर्मा र वरिष्ट इन्जिनियर शत्रुधन प्रसाद चौधरी लगायतलाई बांग्लादेशको सैदपूर नगरपालिकाकी मेयर रफिका अकतर जहान लगायतका विभिन्न पालिकाका मेयरहरुले भव्य स्वागत तथा सम्मान गरेका छन्। नगरप्रमुख चौधरीले पनि स्वागत तथा सम्मान गर्न आएका सम्पूर्ण मेयर तथा  क्षेत्रीय निर्देशक मोहम्मद खैरुल र काउनट्री डाइरेक्टर हसन जहानलाई मायाको चिनो स्वरूप नेपालि ढाका टोपी पहिनाएर आभार प्रकट गर्दै भ्रमण सकारात्मक भएको भनि प्रतिक्रिया दिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.