शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा पुरुष भलिवल प्रतियोगिता २०७३ हुदै
फाल्गुन १४, २०७३ | फिरोज शेख

फिरोज शेख लहान फागुन १४ - 
सिरहाको लहानमा दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७३ आयोजना गरिएको छ I श्री श्रुजना सामुदायिक पुस्तकालय पडरिया , लहान ११ को आयोजनामा २०७३ साल फागुन १५ गते देखि २०७३ फागुन १९ गते सम्म संचालन हुने दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगितामा राष्टिय तथा अन्तराष्टिय खेलाडीहरु आवद्ध विभागीय टिम र भारतीय टिमको समेत सहभागिता रहने पत्रकार समेलन मार्फत आयोजकले जानकारी गराएका छन् I प्रतियोगितामा पुर्व क्षेत्रीय प्रहरी कार्यलय बिराटनगर भलिवल संघ , पडरिया भलिवल टिम  , भोटियाटोल भलिवल टिम  , एपीएफ काठमाडौं भलिवल संघ  , सिंगराही भलिवल टिम  ,मोरंग भलिवल संघ , महोतरी भलिवल संघ र पटना बिहार भलिवल संघ बीच प्रतिस्पर्धा हुने छन् i  प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख संगै शिल्ड मेडल  र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुने टिमले ५० हजार नगद ,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् I प्रतियोगिताको मिडिया पाटनर रेडियो सरगम ९३ मेगाहर्ज र सरगम खबर डटकम रहेका छन् i पडरिया थारु चौकमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण खेल दिनको १ बजे देखि संचालन हुने जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले पत्रकार समेलनमा जानकारी दिएका छन् i 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.