शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मारवाडी युवा मंच द्वारा जल एवं जुस वितरण कार्यक्रम सुरु

1 Views

जेठ २४, २०८२ | फिरोज शेख

फिरोज शेख लहान २०८२ जेठ २३ - 
निर्जला एकादशीको पावन अवसरमा मारवाडी युवा मंच लहानद्वारा जल तथा जुस वितरण कार्यक्रम सुरु गरिएको छ। यो कार्यक्रम विशेष गरी गर्मी मौसममा यात्रु र भक्तजनहरूको प्यास मेटाउने उद्देश्यले आयोजना गरिएको हो। मारवाडी युवा मंच लहान द्वारा आयोजित उक्त कार्यक्रमको संयोजक सौरभ अग्रवालले समाजमा मानवसेवा र सहयोगको भावना विकास गराउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन्।दुर्गा मन्दिर परिसर, लहान-७ मा आयोजित जल तथा जुस वितरण कार्यक्रम २१ दिन सम्म जारि रहने जनाइएको छ। कार्यक्रममा स्थानीय व्यक्तित्वहरू र मंचका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो। निर्जला एकादशी जस्तो पवित्र दिनलाई सामाजिक सेवाको माध्यमबाट मनाउँदै मारवाडी युवा मंच लहानले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। मारवाडी युवा मंचको यो प्रयासले लहानवासीमाझ सेवाभावको महत्त्व झल्काएको छ। सहयोग, सेवा र धार्मिक परम्पराको यो अनुपम उदाहरणले समाजमा सहकार्य र मानवसेवाको महत्त्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.