70 Views
फिरोज शेख लहान २०८२ जेठ १ -
समाज सेवामा छुटै पहिचान बनाउन सफल लायन्स क्लव अफ लहान फुलबारीको अध्यक्षमा कासिंद्र प्रसाद यादव चयन भएका छन् । लायन्स क्लव अफ लहान फुलबारीको चौथो बार्षिक साधारण सभा तथा अधिवेशन बाट यादवलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष यादव सन् २०२५÷०२६ को कार्यभार सम्भालनका लागि चयन भएका हुन्। लायन्स क्लवको नवगठित समितिको प्रथम उपाध्यक्षमा श्याम सुन्दर साह , दोस्रो उपाध्यक्षमा मानिस सारडा र तेस्रो उपाध्यक्षमा दिपेन्द्र साह लाई चयन गरिएको छ। त्यसैगरी सचिवमा शिव दयाल महतो , कोषाध्यक्षमा शुभाष चन्द्र चौधरी ,क्लब मेम्बरसिप चेयरपर्सनमा दिप माला गुप्ता ,सर्भिस चेयरपर्सनमा विजय कुमार यादव ,एल सी आई पी मा राहुल सारडा ,मार्केटिंग चेयरपर्सनमा डा.शुशंत स्वतन्त्रलाई चयन गरिएको क्लवका संस्थापक अध्यक्ष तथा निर्वाचन अधिकृत राकेश झाले जानकारी दिनुभयो।
त्यस्तै मिडिया डाइरेक्टरमा फिरोज शेख , क्लब डाइरेक्टर सदस्यहरुमा राम प्रमोद यादब ,रुबी गिरी ,शर्मिला यादव ,संजय अग्रवाल ,उमेश चौधरी ,खुश्बु जयसवाल ,प्रिती चौधरी, हेल्थ चेयरपर्सनमा डा.बिनय कुमार यादव ,सह-सचिवमा उपेन्द्र यादव र सह -कोषाअध्यक्षमा डा.रितेश कुमार गिरी चयन भएका छन्। लायन्स क्लवको बिधान अनुरुप आगामी कार्यकालका लागि मे महिनाको १५ तारिख भित्र नयाँ कार्यसमिति चयन गर्नु पर्ने परम्परा अनुरुप बुधबार चौथो बार्षिक साधारण सभा तथा अधिवेशन बाट कासिंद्र प्रसाद यादवको नेतृत्वमा बर्ष २०२५ /०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको र यहि आउँदो जुलाई महिनाको पहिलो दिन बाट एक बर्षे कार्यकाल शुरु हुने बर्ष २०२४ /०२५ का अध्यक्ष शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो। बर्ष २०२४ /०२५ का अध्यक्ष गुप्ताको अध्यक्षता तथा लायन्स इन्टरनेशनल डिसट्रिक्स ३२५ एफ नेपालका इलेक्ट दोस्रो भीडिजी मनोज सापकोटाको प्रमुख आतिथ्यता र लायन्स क्लव अफ लहान फूलबारीका संस्थापक अध्यक्ष तथा जोन चेयरपर्सन राकेश झा रिजनल चेयरपर्सन राजबाबु साहको विशिष्ट आतिथ्यतामा सम्राट होटल इन लहानमा भव्यताका साथ् कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जोन चेयरपर्सन तथा रिजनल चेयरपर्सनमा नियुक्त हुनुभएका झा र साहलाई सम्मान-पत्र द्वारा सम्मानित गरिएको थियो। नव निर्वाचित अध्यक्ष यादवले लायन्स क्लवको विधान र नियमको परिधिमा रहेर सामाजिक सेवा र मानवीय सेवामा लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।