शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तराई मधेसका महिलाहरु ‘वट सावित्री’ पर्वको तयारी गर्दै

31 Views

जेठ ११, २०८२ | फिरोज शेख

फिरोज शेख लहान २०८२ जेठ १० - 
मिथिलानीहरू तराई मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आगामी सोमबार अटल सौभाग्यको कामना गर्दै वट सावित्री पर्व मनाउँदै छन् ।
पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि सिरहा सहित सम्पूर्ण मिथिलाञ्चलका नारीहरू विभिन्न तयारीमा लागेका छन् । मिथिलानीहरू अहिले आआफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दीका साथै  पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पङ्खा र डालो किनमेल गर्नमा व्यस्त छन् ।

पर्व आउन अब दुई दिन मात्रै बाँकी रहँदा सिरहाको लहान नगरपालिका – १ मा अवस्थित हटियामा अहिले प्रत्येक दिन साँझपख महिलाको घुइँचो लाग्ने गरेको छ । जहाँ महिला बाँसको पङ्खा र डालो किनिरहेको देख्न सकिन्छ । त्यस्तै दिनभरि यहाँको विभिन्न शृङ्गार पसल, कपडा, पसल र चुरापोतेको पसलमा महिलाको भीडभाड रहने गरेको छ । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि सिरहा लगायत तराई, मधेसका महिलाले सोमबार वट सावित्री पर्व मनाउने रडियो सरगममा कार्यरत पण्डित पवन कुमार शास्त्रीले बताए ।मिथिलाञ्चलमा बट सावित्री पर्वलाई स्थानीय भाषामा ‘बरसाइत पावइन’ पनि भन्ने गरिन्छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.