शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दोषी प्रहरीलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइयो
फाल्गुन १९, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , २०७३ फागुन १९ - 
पत्रकार माथी भएको हाथपातको बिरोधमा मधेसी नागरिक समाजले कारबाहीको माग गर्दै बिहिबार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन पत्र बुझाएका छन् । दोषी प्रहरीलाई पहिचान गरि कारबाहीको माग गर्दै जिल्लामा प्रशासन कार्यलय सिरहामा ज्ञापन पत्र बुझाएको हो ।मधेसी नागरिक समाजका संयोजक बिन्देश्वर गोईतको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहाको प्रशासकिय अधिकृत लेखनाथ खतिवडालाई ज्ञापन पत्र बुझाउदै दोषी प्रहरीलाई चाडो भन्दा चाडो कारबाहीको माग गरेका छन्। ज्ञापन पत्र बुझदै अधिकृत खतिवडाले पत्रकार माथी भएको हातपात र दुर्व्यवहार घटनामा संलगन प्रहरीलाई कारवाहीको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। माउन्टेन टेलिभिजन र रेडियो शाल्हेशका पत्रकार सुरेन्द्र कामतीलाई प्रहरीले सिरहाको भलुबाहीमा फाल्गुन ११ गते प्रहरीले फ्री मधेश लेखेको ब्यानर हटाइ रहेको बेला फोटो खिचेको भन्दै प्रहरीले मोबाइल खोस्ने प्रयास गर्दै गाली गलोज ,दुर्व्यवहार गरेका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.