शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
करेन्ट लागेर मृत्यु
फाल्गुन २८, २०७३ | सरगम खबर समाचारदाता

सिरहा, फाल्गुन २८ गते।
सिरहाको गोलबजार नगरपलिका-१ स्थित मुक्सारमा करेन्ट लगेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी १७ बर्षिया सानु कुमारी सोसलिङ रहेकी छन्।शुक्रबार साँझ ७ बजेतिर आएको हावा हुरीले अचानक विधुतको तार चुँडिएर विधुत लिक भइ चार्जमा राखेको मोबायल निकाल्ने क्रममा करेण्ट लागेर उनि घाईते भएकी थिईन।घाईते युवतीलाई उपचारकालागी लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.