शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वाईफाई सहितको नमुना गाबिस पातो
फाल्गुन २९, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी , २९ फागुन । सप्तरीको पातो गाबिस (हाल डाक्नेश्वरी नगरपालिका ) जिल्लामै पहिलो पटक वाईफाई सहितको नमुना गाबिस बनेको छ । पातो गाबिसका गाबिस सचिव तथा अध्यक्ष बिनोद कुमार ठाकुरले गाबिस भवनको कार्यालयमा भर्खरै वाईफाई ,ईन्भेटर सहित जडान गरी नमुना गाबिस बनाएको छ । बढदो आधुनिकतासँगै अहिलेको कम्प्युटर युगमा ईमेल ,इन्टरनेटको जमाना भएकाले गाबिसको कार्यालय पातोमा वाईफाई समेत जडान गरेको जानकारी दिनुभयो । यअसघि सो गाबिसमा विद्युत नभएपनि गाबिस भवनमा ईन्भेटर जडान गरी २४ सै घण्टा विद्युतको पहुँच समेत बनाएको थियो , र अहिले आएर वाईफाई सहितको नमुना गाबिस बनाउन सफल भएको छ ।

यता गाउँ विकास समितिको कार्यालयमा वाईफाई जडान गरेपछि सर्वसाधारणहरुले फ्रिमा ईमेल ,इन्टरनेट र फेसबुक चलाएर घरमै बसी बसी मुलुकभरीको समाचारहरु समेत हेर्न र बुझन सकिरहेको स्थानीय बृद्धिजिवी राजलाल पण्डितको कथन रहेको छ । सो क्षेत्रका औरही ,भुतही ,तरही ,कविलासा ,ब्रहमपुर ,गम्हरीया प्रवाहा ,अर्नाहा सहितका गाबिसका केन्द्र विन्दुको रुपमा रहेको पातो गाउँ विकास समितिमा वाईफाई जडान भएपछि छिमेकीस गाबिसका स्थानीयबासीहरु दङ्ग भएको छ । औरही ७ का दिलिप कुमार मण्डल भन्छन ,अहिलेको परिवर्तन युग वाईफाई र ईन्टरनेटको जमानामा आएर युवा सचिव ठाकुरले पातो गाउँ विकास समितिमा लगाएको वाईफाईबाट छिमेकी गाबिसहरुले पनि पाठ सिक्नुपर्ने जरुरी रहेको देखिन्छ । स्थानीयबासी समेत रहेका युवा सचिव ठाकुर गाबिसमा आएदेखि २४ सै घण्टा सर्वसाधारणहरुलाई गाउँ विकास समितिको कार्यालयमा बसेर नै सेवा सुविधाहरु प्रदान गर्दै आएको स्थानीय गणेश चौधरीको कथन रहेको छ  । त्यस्तै युवा सचिव ठाकुर आएदेखि गाबिसको विकास निर्माण कार्य समेत निकै अगाडी बढेको स्थानीयबासीहरुको कथन रहेको छ । 

यसअघि पातो गाबिस रहेपनि हाल सरकारले पुराना स्थानीय निकायहरुलाई खारेज भएपछि हाल आएर  डाक्नेश्वरी नगरपालिका बन्न पुगेको छ । जसमा कविलासा ,भुतही ,तरही ,पातो ,औरही ,ब्रहमपुर ,गम्हरीया प्रवाहा ,पथरगाडा ,अर्नाहा र बनौला गरी ११ वडा रहेको छ भने कुल जनसंख्या ४९ हजार ७ सय ८८ रहेको छ ।कुल क्षेत्रफल ७७.८३ वर्ग किलोमिटर रहेको डाक्नेश्वरी नगरपालिकाको सिमानामा पुर्वमा बेल्ही चपेना र रायपुर गाउँपालिका ,पश्चिममा बोदेबसाईन , उत्तरमा खडक र शम्भुनाथ नगरपालिका तथा दक्षिणमा भारत रहेका छन । त्यस्तै नयाँ संरचना अनुसार सप्तरीमा ८ नगरपालिका र ९ गाउँपालिका रहेको छ । भने हाल आएर पुराना संरचनाको ठाउँमा अब ७४४ वटा स्थानीय तहहरु कार्यान्वयनमा आईतबारदेखि नै सरकारले ल्याएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.