शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फूलकुमारी हस्पिटलमा सुरु भयो आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम
चैत्र २३, २०७३ | सरगम खबर समाचारदाता

सिरहा २०७३ चैत २२। सिरहाको पश्चिमी क्षेत्रमा पर्ने कर्जन्हा गाउँपालिका ४ स्थित फूलकुमारी मेमोरियल हस्पिटलले ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु गरेको छ।हस्पिटल परिसरमा आयोजित एक समारोहबीच जिल्ला जनस्वास्थ्य कार्यालय सिराहका प्रमुख डा.चुमनलाल दासले कार्यक्रमको विधिवत सुरुवात गरे।सुरक्षा कार्यक्रमअन्तर्गत हस्पिटलमा निःशुल्क प्रसूति सेवा, निःशुल्क प्रसूति शल्यक्रिया सेवा तथा नवजात शिशुको निःशुल्क उपचार गरिने हस्पिटलका लेखा तथा प्रशासन अधिकृत मनीष गोस्वामीले जानकारी दिए।कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा प्रसूति गराउन आएका गर्भवतीको सामान्य तथा जटिल प्रसूति, गर्भवती हुँदा चार पटकसम्म जँचाएको कार्ड पेस गरेमा यातायात खर्चलगायत शिशु जन्मेदेखि २८ दिनसम्म ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिकाले तोकेअनुसार सम्पूर्ण सेवा उपलब्ध हुने प्रशासन अधिकृत गोस्वामीले जानकारी दिए।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाकी कम्युनिटी नर्स निरीक्षक तेजकुमारी श्रेष्ठका अनुसार जिल्लाको सिरहा जिल्ला अस्पताल, रामकुमार शारडा उमाप्रासद मुरारका स्मारक अस्पताल लहान, मिर्चैया, नवराजपुर, भगवानपुर, औरही प्राथमिक स्वास्थ्य केन्द्र, फूलकुमारी महतो मेमोरियल हस्पिटलसहित २० वटा स्वास्थ्य संस्थाबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्तर्गतको सेवा लिन सकिने छ।

गाउँमा स्वास्थ्यकर्मीको सेवा उपलब्ध नहुँदा आफ्नी आमा गुमाएका समाजसेवी तथा उद्योगपति डा. उपेन्द्र महतोले आफ्नो जन्मथलो कर्जन्हामा ५० शैय्याको सुविधा सम्पन्न हस्पिटल निर्माण गरेका हुन्।उनकी आमाको नाममा स्थापित फूलकुमारी महतो मेमोरियल ट्रस्टमार्फत करिब २० करोड रुपैयाँको लागतमा हस्पिटल निर्माण सम्पन्न भएपछि २०६८ वैशाख २२ गते राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका थिए।सिरहाको पश्चिमी क्षेत्र, पूर्वी धनुषा र सिन्धुलीको पूर्वी तथा तथा उदयपुरको पश्चिम दक्षिणी भेगका बिरामीहरु पुग्ने हस्पिटलमा अहिलेसम्म ५५ हजारभन्दा बढी बिरामीले स्वावस्थ्य उपचार गराइसकेको प्रशासन अधिकृत गोस्वामीले बताए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.