शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा " तकरीर व नातिया पुरस्कार प्रतियोगिता सम्पन्न
बैशाख ३, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ बैशाख ३ - 
सिरहाको लहानमा मुस्लिम धर्म गुरुहरुले उर्दु भाषा, उर्दु शिक्षाको उजागर गर्न र उर्दु शिक्षा अध्यनरत विद्यार्थीहरुको मनोवल बढाउन मदरसा दारुल ओलूम हन्फ़िया असरफ़िया लहान ५ मा सनिबार " तकरीर व नातिया पुरस्कार प्रतियोगिता सम्पन्न गरेको छ। मदरसाका मुफ्ती अहमद रजा सकाफीको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा सिरहा जिल्लामा रहेका विभिन्न मदरसामा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरु लाई A ,B ,C समुहमा विभाजन गरिएको थियो। प्रतियोगितामा मोहमद हफिजुर रहमान , मोहमद फैजान रजा ,मोहमद शाकिर रजा , मोहमद मोसरफ , मोहमद अरवाज , मोहमद नाजिम , मोहमद जिया .मोहमद मम्ताज , मोहमद सेराज ,मोहमद इरफान विजेता भएका छन्। सहभागी प्रतियोगीहरु बीच उर्दु भाषाका विभिन्न कविता , गीत , गजल , निवन्ध , नतिया , प्रवचनहरुमा कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजेता हुनेहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा मुफ्ती अब्दुल सलाम , मौलाना अलि हसन , हाफिज अताबुल रहमान , मौलाना मोहमद मुस्ताक , मौलाना लियाकत , मौलाना अब्दुल खालिक , मोसिन , हासिम , अमिरुद्दीन , फल हसन , अब्दुल रजाक लगायतका मौलानाहरु लगायत मुस्लिम धर्मलम्वी , वुद्धिजीवि , नागरिक समाज लगायतको उपस्थिति रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.