शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शिक्षकको पेशागत विकास तालिम सम्पन्न
बैशाख १३, २०७४ | सरगम खबर समाचारदाता

परशुराम साह,सिराहा बैशाख १४ - 
शिक्षकको पेशागत विकास तालिम सिराहाको अगुवा स्रोत केन्द्रमा मङ्गलबार सम्पन्न भएको छ ।विद्यालयको शिक्षण सिकाइ प्रकृयालाइ प्रभावकारी बनाइ शैक्षिक उपलब्धिमा सुधार ल्याउने उद्देश्यले जिल्ला शिक्षा कार्यालय सिरहाले आयोजना गरेको उक्त १० दिने तालिम सम्पन्न भएको अगुवा स्रोत केन्द्र सिरहाका स्रोत व्याक्ति कासिन्द्र यादवले बताउनु भएको छ।जिल्लाभरिवाट अधारभुत तहका ४ जना अपाङ्ग्ता भएका शिक्षक, ९ जना महिला शिक्षिका लगायत ५० जना शिक्षकको सहभागिता रहेको उक्त तालिम लाई सिरहाका जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्ण,विद्यालय निरिक्षक भवानी कट्टेल,भोगेन्द्र यादव, वुद्धिमान दनुवार र अगुवा स्रोत केन्द्र सिरहाका स्रोत व्याक्ति कासिन्द्र यादबले सहजिकरण गरेको जिल्ला शिक्षा कार्यालय सिरहाका शाखा अधिकृत वुद्धिमान दनुवारले बताउनुभएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.