शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल टेलिकमद्वारा अपाङ्ग्ता भएका विद्यार्थी लाई कापी सहयोग
बैशाख २३, २०७४ | सरगम खबर समाचारदाता

परशुराम साह , सिरहा बैशाख २३ - 
नेपाल टेलिकम लहान शाखाले सिरहाका सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्ग्ता भएका विद्यार्थिहरुलाई  १ सय ५० थान कापी सहयोग गरेका छन ।टेलिकमले सिरहामा अपाङ्गताको क्षेत्रमा कृयाशील संस्था अपाङ्ग अनाथ असहाय सामुदायिक बिकास केन्द्रलाइ बितरणका लागि उक्त कापी  उपलब्ध गराएको लहान टेलिकमका राजस्व शाखा प्रमुख कपिलदेव रायले जानकारी दिनुभएको छ ।टेलिकमले समाजिक उत्तरदायित्वका लागि दलित , अपाङ्ग्ता भएका र पछाडी पारिएका समुदायका विद्यार्थीलाई लक्षित गरि संचालनमा ल्याइएको कापी सहयोग कार्यक्रम अन्तर्गत उक्त कापी सहयोग गरिएको लहान टेलिकमका लेखा अधिकृत दिलचरण चौधरीले बताएका छन् । टेलिकमले यस अघि मावी. सारस्वर लाई  २ सय थान कापी सहयोग गरेको र थप केही बिद्यालयका विद्यार्थीलाई कापी सहयोग गर्ने कार्यक्रम रहेको लेखा अधिकृत चौधरिले जानकारी दिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.