शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका १२२ नीजी विद्यालय माथी कार्बाही शुरु
जेठ २५, २०७४ | सरगम खबर समाचारदाता

परशुराम साह - 
२५ जेष्ठ ,सिरहा / वर्षौदेखी अबैध रुपमा संचालन हुँदै आइरहेका १ सय २२ निजि विद्यालयमाथी जिल्ला शिक्षा कार्यालय , सिरहाले कार्वाही शुरु गरेको छ ।कार्यालयले जिल्लाका १ सय ७८ निजि विद्यालयमा अनुगमन गर्दा १ सय २२ निजि विद्यालय अबैध भेट्टिएको र बन्द गर्न दिएको निर्देशनलाई अटेर गरेकोले स्थानिय प्रशासन ऐन बमोजिम कार्वाहिका लागि जिल्ला प्रशासन कार्यालयलाइ लिखित अनुरोध गरिएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले बताउनुभएको छ । 

सिरहामा वर्षौदेखी जिल्लाका केही स्रोत ब्यक्ती र सामुदायिक विद्यालयका प्रधानाध्यापक संगको सेटिगमा अबैध रुपमा निजि विद्यालय संचालन भइरहेको गुनासोको आधारमा जिल्ला शिक्षाले गरेको अनुगमनको क्रममा ३८ नीजी विद्यालय बिना अनुमती , ५१ निजि विद्यालय पाँच कक्षाका मात्र अनुमती लि माथिल्लो कक्षा संचालन गरेको र ३३ निजि विद्यालय तल्लो तहको अनुमती लिइ माध्यमिक तह सम्मको कक्षा संचालन गरेको पाइएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जानकारी दिनुभएको छ ।

अबैध रुपमा निजि विद्यालय संचालन गरि एकातिर सरकारको राजस्व र अर्कोतिर बिद्यार्थिको भविस्यमाथी खेलवाड गरिरहेकोले संचालकमाथी स्थानीय प्रसासन ऐन बमोजिम आबस्यक कारबाहिका लागि जिल्ला प्रसासन कार्यालयलाइ बुधबार लिखित अनुरोध गरिएको अधिकारी कर्णले बताउनुभयो। जिल्ला शिक्षा कार्यालय सिरहाले केही दिन यता अभिभावक संघका अध्यक्ष धिरेन्द्र साह र पत्रकार सम्मीलित टोलि गठन गरि जिल्लाका १ सय ७८ नीजी विद्यालयमा अनुगमन गरेका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.