शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शैक्षिक विकृति हटाउन खेज्दा जिशिअ घेरावन्दीमा
असाड २९, २०७४ | सरगम खबर समाचारदाता


जिवछ उदासी २०७४ असार २९ - 
सिरहा जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णले शैक्षिक विकृतिको चाङग हटाउन खोज्दा आफू घेरावन्दीमा परेको र चुनौतीको सामना गर्नुपरिरहेको बताउनु भएको छ । आफु माथि आईपर्ने चुनौतीको सामना गर्न पनि तयार रहेको विश्वास व्यक्त गर्दै सहयोग गर्ने प्यावसन र एन प्यावसनलाई एक कार्यक्रम विच धन्यवाद पनि दिनु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्यावसन प्रदेश न. २ ले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा यस्तो बताउनु भएको हो । अधिकारी कर्णले सिरहामा आफू अधिकारी भएर आँउदा कति संस्थागत विद्यालय रहेको तथ्याङक लिन आफनै मातहतको कर्मचारीहरुसंग महिनौ लाग्यो । यस्ते कठिन परिस्थितिको सामना गर्दै जिल्लाको १७८ संस्थागत विद्यालय र १७४ साम्ुदायिक विद्यालय आफै अनुगमन गरि पटक पटक सुचना दिदा पनि अटेरी गरि अवैद्यानिक रुपमा संचालन भईरहेको ३६ वाटा संस्थागत विद्यालय वन्द गर्न सफल भएको जानकारी गराउनुभयो । आफू तराई मधेशको सर्लाही वाहेक सवै जिल्लामा काम गर्दा र सिरहामा काम गर्दा निकै फरक पाएको भन्दै सिरहाको शैक्षिक क्षेत्र तै चुप मै चुपको संस्कृति र एक पक्षले एउटा गल्ती गर्दा अर्को पक्षले पनि दुईटा गलती गर्ने गरेको संस्कार रहेको कारण स्रिहाको शैषिक विकृति अन्तय गर्न आफू निकै चुनौतीको सामना त गनैपरेको छ । त्यसमा आफू जिम्मेवार पक्षहरुवाट असुरक्षित भईरहेको दुखेसो समेत व्यक्त गर्नुभयो । 

सामुदायिक विद्यालयहरुमा समिति निर्माण गर्न र अनुगमन गरेर शैक्षिक अवस्था सुधार गर्न लागि परेको भन्दै अधिकारी कर्णले पजिल्ला शिक्षा कार्यालयको रेकर्डहरु समेत दुरुस्त राख्न सफल भएको भन्दै शिक्षा कार्यालयलाई केहि शिक्षक नेताहरुले खेलौना वनाई राखेको अवस्था अब अन्तय भएको छ । तिव्र अनुगमन गरेर शिक्षलाई सहि लिकमा ल्याउन सफल हुँदै गएकोमा चुनौतीको सामना गर्नुपर्दा पनि खुशीको अनुभूति भईरहेको बताउनुभयो । ्अन्तरक्रियामा नेकपा एमाले सिरहाको उप सचिव अशोक यादव र राजपाको केन्द्रिय सदस्य सुरेनद्र झाले निजी विद्यालयमा मनपरि शुल्क लिने कार्य यथाशिघ्र वन्द हुनुपर्ने , भ्रष्ट प्रवृत्तिका प्रधानाध्यापकहरुmलाई सामुदायिक विद्यालयवाट हटाउनु पर्ने , शिक्षा क्षेत्रलाई रड र सिमेन्टको व्यापार नठानी सेवाभाव र गुणस्तीय शिक्षा समेत दिन निजी विद्यालयहरु लाग्नु पर्ने धारणा राख्नुभयो । 

प्रमुख अतिथि प्यावसनको केन्द्रिय अध्यक्ष विजय सम्बाहाम्फेले सरकारले योजना नवनाई केन्द्रवाट विना पूर्व तयारी ग्रेडिङग प्रणली लादेर गल्ती गरेको भन्दै संघिय संरचनामा गएपछि निजी क्षेत्रलाई आईपर्ने चुनौतीको सामना गर्न सातवटै प्रदेशमा अन्तरक्रिया गरी अघि वढने प्रष्ट गर्नुभयो । साथै अवैद्यानिक विद्यालय सिरहामा वन्द गराउन सफल शिक्षा अधिकारी कर्णले गरेको कार्यको अन्य जिल्लामा पनि लागु गर्न केन्द्रमा अवाज उठाउने बताउनुभयो । निजी विद्यालयको संघिय प्रदेशमा के कसरी राख्ने र स्थानयि तहले कस्तो व्याहार गर्ने विषयमा प्यावसनका केन्द्रिय उपाध्यक्ष अनिल झाले प्रस्तुत गरेको आठ पृष्ठको कार्यपत्रमा डा. महादेव साह र डा. महेन्द्र चौधरीले टिप्पणी गर्दै  निजी विद्यालयको सेवा सहितको व्यवसायी सुनिश्चितताको लागि सचेत हुनुपर्ने , जिम्मेवारी र जवाफदेहिता व्यावहारमा उतारेर अघि वढनुपर्ने , शैक्षिक पारदर्शीता , पेशागत मार्यादाको लागि ईमानदार भएर नआए निजी विद्यालयप्रति अविश्वास वढन सक्ने अवस्था रहेको छ भन्ने दल पिच्छे निजी विद्यालयहरुले संगठन नखोली एउटै संगथठन हुनु पर्ने टिप्पणी सहित सुझाव दिनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण श्रेष्ठ , एन प्यावसनका सचिव चक्रपाणि दाहाल , प्रेस चौतारीको केन्द्रिय सदस्य दिलिप सिंह , शिक्षाविद देव नारायण यादव एन प्यावसनका अध्यक्ष शिव कुमार साह लगायतकाले शिक्षाको क्षेत्रमा देखिएको विकृति अन्तय गर्न सिरहाका शिक्षा अधिकारीले गरेको सहासी काममा सहयोग र साग दिन सवैले भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रम प्यावसन प्रदेश नम्बर २ का अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमा ८ जिल्लाका निजि विद्यालयका प्रतिनिधि , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.