शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सदाचारबाट गरिएको सेवाले विश्वास दिलाउछ ः प्रजिअ श्रेष्ठको भनाइ
असाड ३१, २०७४ | सरगम खबर समाचारदाता

सिरहा २०७४ , ३१ असार । 
सिरहा जिल्ला अस्पताल सिरहाद्घारा आयोजना गरिएको सःशुल्क अस्पताल फार्मेसि उदघाटन समारोह शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा उधोग वाणिज्य संघ, नगरपालिका तथा यसमा संलग्न कर्मचारीहरुको सहयोगमा मात्र कार्यक्रमले दिगो रुप दिन सक्ने बताएका छन् । यस्ता सेवालाई प्रभावकारी बनाए भने बाहिर भन्दा भित्र राम्रो सेवा हो भन्ने भावना जगाउन सदाचारका साथ सेवा प्रदान गरे सेवा ग्राहिको विश्वास जित्न सक्छ । आफ्नो हो भन्ने भावना उठाउन सक्छ र सेवालाई निरन्तरता दिन सम्बन्धित सरोकारवालाहरुमा जनचेतना फैलाउन जरुरी छ नत्र फेरी फोहर फाल्ने कन्टेनर वा पानको पिक फाल्ने नबनोस भन्ने आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताएका छन् । 

त्यस्तै कार्यक्रम संचालन गरेर मात्र हुदैन निरन्तरता दिन सक्नुपर्छ २४ घण्टा सञ्चालन रहनुपर्छ, गुणस्तरीय औषधीहरु उपलब्ध हुनुपर्दछ, साथै दिगो समय सम्म सञ्चालन हुनुपर्नेमा सल्लाह र सुझाव दिदै सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्र देव यादवले नगरपालिकाबाट पाउने यथा सहयोग गर्ने भनी बताएका छन् । कार्यक्रमका आयोजक जिल्ला अस्पताल सिरहाका प्रमुख डा. चुमन लाल दास आफ्नो स्वागत मन्तव्यमा देशभरीका १५÷१७ स्थानमा सञ्चालन भएकै मध्ये यस अस्पतालमा सःशुल्क फार्मेसिको सञ्चालन भएको हो । अब अस्पतालबाट निःशुल्क र सःशुल्क पाउने औषधी एउटै काउण्टरबाट पाउने व्यवस्था गरिएको छ । अहिले मध्यरातमा बजारमा एउटा पसल नखुल्ने अवस्थामा बिरामीलाई पर्ने समस्यालाई निराकरण गर्न २४ घण्टानै यो सेवा सञ्चालन हुने छ । साथै अस्पतालमा २५ बेड बाट ५० बेड बनाइएको र नौ जना विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिनेछ । साथै इन्डोर सेवामा शल्यचिकित्सा, स्टेण्डर ल्याब, अक्सिजनको व्यवस्था गरिएकोमा सःशुल्क औषधी तर्फ ७० प्रकारका औषधीहरु बजारभन्दा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट सुविधामा उपलब्ध हुने भनी प्रमुख दासले बताएका छन् । 

उक्त कार्यक्रम अस्पताल विकास समितिका जेठ सदस्य तथा नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिरहाका सभापति राजदेव यादवको अध्यक्षतामा प्रमख अतिथी प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, अतिथीहरु सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादव, अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष तारणी प्रसाद यादव, जिल्ला समन्वय समितिका सूचना अधिकृत मो. सुल्तानराही, स्वास्थ्यकर्मी ट्रेड यूनियनका केन्द्रिय सदस्य सत्रुधन साह, अधिकारी ट्रेड यूनियनका अध्यक्ष बिलट राय लगायत विभिन्न स्वास्थ चौकीका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधी लगायत बुद्धिजिवी, समाजसेवी पत्रकारहरुको सहभागिता रहेको छ ।जिल्ला स्वास्थ्य कार्यालय सिरहालाई सुन्दर, स्वच्छ तथा हराभरा बनाउनका लागि एक सय विभिन्न जातका फूल तथा विरुवाहरु अधिकारी ट्रेड यूनियनले जिल्ला स्वास्थ्य कार्यालय सिरहालाई उपलब्ध गराईएको तथा उक्त विरुवाहरु अस्पताल परिसरमा रोपिएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.