शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लवद्वारा १३८ दलित वाढीपिडितलाई राहत वितरण
भाद्र ७, २०७४ | सरगम खबर समाचारदाता

जिवछ उदासी - 
लहान भदौ ७ गते । लहान नगरपालिका वाडा नम्वर ११ , २० र २१ का १३८ दलित वाढीपिडितलाई लायन्स क्लव अफ लहान सिटि लहानले प्रति व्याक्ति लाई ३२ केजीको राहत सामग्री वितरण गरेको छ ।उक्त वाडाका वाढीपिडितहरु पहिलो पटक राहत पाएर हर्षित हुँदै खाद्यान्नको सहयोत त भयो अब घर बनाउन वाँसको सहयोग जुटाई दिए हुन्थ्यो भन्ने माँग गर्न थालेका छन । ३२ केजीको राहत सामग्रीमा १२ केजी चामल , २ केजी दाल , २ केजी पिठो ,१ कार्टुन च्याउच्याउ , १ केजी तेल , १ केजी नुन ,५ केजी च्युरा, २ केजी भूजा , १ त्रिपाल र एक थान साडी रहेका छन । राहत पाएर समत लाल पासवान र शोभा कुमारी सदायले भन्नुुभयो , खाद्यान्नको रुपमा यो संस्थाले पहिलो पटक हामीलाई राहत दिएर खाने समस्या तत्काल टरेपनि घर बनाउन वाँस र कर्कट पाता सहयोग भईदिए हुन्थ्यो । राती सर्पको बिगबिगी रहेकोले भत्किसकेको घरमा वालवालिकाहरुलाई लिएर डराई-डराई रात काटनुपरेको वाध्यता रहेको छ । 

अष्ट्रेलियामा चिकित्सक रहेका कृष्ण हमालले सहयोग गरेको पाच् लाख मूल्य वरावरको राहत सामग्री वितरण गर्न लागेको लायन्स क्लवका अध्यक्ष विकास शारडाले बताए । लायन्स क्लव ,नेशनल प्यासन र मिडिया सहयोगी सरगम एफएमले राहत वितरण गरेका हुन। गाँउमा राहत वितरण गर्न गएपछि पिडित नरहेकाहरुले पनि राहत देउ भनेर समस्या खाडा गर्न थालेपछि प्रहरीले उपलब्ध गराएको तथ्यांकको आधारमा लहान स्थित सडक डिभिजन कार्यालयको परिसरमा रहेको लहान नगर प्रहरीको सहयोगमा लायन्सका अध्यक्ष विकास शारडा , उपाध्यक्ष रियासत लिमि ( मुन्ना ) , लायन्स क्लवका जोन चेयर पर्सन चक्रपाणि दाहाल ,कल्बका धरणीधर अधिकारी , अशोक अग्रवाल , विनोद साह ,सुदिप चौधरी ,नेशनल प्यासनका पाण्डव हमाल , र सरगम एफएमका प्रवन्धक फिरोज शेखले राहत वितरण गर्नु भएको छ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.