शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
(नियोक) सिरहाका पर्यवेक्षकहरु सम्बन्धित मतदान केन्द्र तर्फ प्रस्थान
भाद्र ३१, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ - भाद्र ३१ - 
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) सिरहाका पर्यवेक्षकहरु सनिबार बाट सम्बन्धित मतदान केन्द्र तर्फ प्रस्थान गरेका छन्। यहि असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन पर्यवेक्षणका लागि नियोक सिरहाले सिरहा जिल्लामा ३५ जना स्थानीय पर्यवेक्षक तथा ३ जना राष्ट्रिय पर्यवेक्षक सहित जम्मा ३८ जना निर्वाचन पर्यवेक्षणका लागि परिचालन गरेको छ। सनिबार भाद्र ३१ गते बाट मौन अवधि शुरु भएकोले नियोक सिरहाले यस अवधिका समेत पर्यवेक्षण गरिरहेको (नियोक)का सिरहा जिल्ला अध्यक्ष सुनिल कुमार साहले जानकारी दिएका छन्।राष्ट्रिय पर्यवेक्षकहरु देविका तिमिल्सीना ,माधवप्रसाद नेपाल र सिता शर्मा रहेका छन् । भने स्थानीय पर्यवेक्षकहरुहरुमा जिल्ला अध्यक्ष सुनिल कुमार साह , सचिव दिलिप कुमार सिंह, गंगा कुमारी अधिकारी, भैरव प्रसाद गेलाल , कृष्ण मोहन चौधरी , अर्चना कुमारी चौधरी , श्याम कुमारी साह , सुनन्दना कु. कुशवाहा ,  पुनम साह , अशोक साह लगायतका रहेका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.