शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान अस्पताल परिसर भित्र रहेको औषधि पसल खाली गर्न १५
आश्वीन २४, २०७४ | फिरोज शेख

फिरोज शेख , लहान २४ आश्विन - 
सिरहाको लहानमा अवस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालले अस्पताल परिसर क्षेत्र भित्र रहेको औषधि पसलहरुलाई सटर खालि गर्न १५ दिने अल्टिमेटम सहित पत्र पठाएको छ। लहान अस्पतालका मेसु डाक्टर शुनिल कुशवाहा द्वारा हस्ताक्षरित पत्रमा उल्लेख भए अनुसार सवास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाको निर्णय अनुसार अस्पताल परिसर क्षेत्र भित्र कुनै पनि औषधि पसल फार्मेसी गर्न नदिने र संचालनमा रहेको पसल तत्काल बन्द गर्न लगाउने भन्ने परिपत्र आएको र अस्पताल विकास समिति , अस्पतालले गरेको बैठकको निर्णय अनुसार अस्पतालले संचालन गर्न दिएको सटर र बाकि रहेको भाडाको रकम बुझाइ सटर खालि गरि साचो बुझाइ दिनहुनका लागि २०७४ भाद्र ४ गते पत्र पठाएको तर हाल सम्म पनि सटरहरु खालि नभएकोले पुनः १५ दिने अल्टिमेटम सहित पत्र पठाएका छन्।

पत्रमा १५ दिन भित्र अनिवार्य सम्पूर्ण बाकि भाडाको रकम भुझाई सटर खालि गरि साचो बुहाई दिनहुन अनुरोध गर्दै १५ दिन भित्र सो कार्य न भए कानुन बमोजिम कारवाही हुने समेत जानकारी गराएका छन् । पत्रमा आवस्यक पहलको लागि जिल्ला प्रशासन कार्यलय सिरहा , इलाका प्रसाशन कार्यलय लहान र ईलाका प्रहरी कार्यलय लहान लाई अनुरोध गरिएको छ।अस्पताल परिसर क्षेत्र भित्र सुर्य मेडिकल हल , जन कल्याण मेडिकल हल , शक्ति मेडिकल हल ,एच के मेडिकल हल ,कुशवाहा मेडिकल हल ,यादव मेडिकल हल र विजय मेडिकल हल साचालनमा रहेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.