शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा १६९ महिला हिंसाको घटना - मानव अधिकार केन्द्र
मंसिर ९, २०७४ | फिरोज शेख

फिरोज शेख , लहान २०७४ मङ्सिर ९ -  सिरहामा १६९ वाटा महिला हिंसाको घटना घटेको छ । अधिकांश घटनामा  नातेदार र छिमेकीको कारण नै घटना घटिरहेको एक अध्ययनले देखाएको छ । २६ औ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१७ का सुरुवात गर्ने अवसरमा आयोजित पत्रकार सम्मेलनमा मानव अधिकार केन्द्र ( संजाल ) सिरहाले जारी गरेको प्रेस विज्ञप्ती अनुसार जनवरी १ , २०१७ देखि नोभेम्वर २३, २०१७ मा यत्रो घटना घटेको घटेको हो । १६ किसिमका हिंसाका घटनाहरु मध्ये सबभन्दा वढी ५० वटा कुटपिट गाली गलौज , घरवाट वाहिर निकालेको , खान लाउन नदिएको , नागरिकता नवनाई दिएको विवाह दर्ता नगरि दिएको रहेको छ । वालात्कारको २० वटा घटनामा अधिकांश बालवालिकालाई नातेदार , छिमेकी , शिक्षक तथा अपरिचित व्यक्ति संलग्न , सामहिक वलात्कार २ , वालात्कारको प्रयास २ , यौनजनय हिंसा २ , आत्महत्या चार , आत्महतयाको प्रयास १ , शारीरिक र मानसिक यातना ३ कुटपिट २७ , दाईजोको कारण मानसिक यातना ५ , बोक्सीको आरोप ६ , बहुविवाह १२ , ज्यानमार्ने धम्की २ , छुवाछुत १ , वालविवाह , भागी विवाह , अपहरण , सामाजिक संजालमा फोटो सार्वजानिक भई पिडित वेचविखनमा लागेको ५ र ठगी ३ गरी २६ वटा घटना घटेका छन । महिला अधिकारकर्मी  देव कुमारी महरा , श्याम कुमारी साह , गंगा अधिकारी र जिवछी यादवको अनुसार महिला हिंसाको घटनाहरुको कारण खोज्दै जाँदा अशिक्षा , दाईजो र गरीवी रहने गरेको र आफनै नातेदारहरुवाट हिंसामा पर्नुले महिला हिंसाको तस्बीर सिरहाली समाजमा भयावह रहेको छ । भएका संवैधानिक ऐन कानुनलाई व्यवहारिक रुप नदिदाँ महिला हिंसालाई न्यूनिकरण गर्न राजनीतिक दलहरुले आफनो चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरेपनि सत्ता र सरकारमा रहँदा त्यसलाई पालना नगरेको कारण हिंसामा कमी नआएको उहाँँहरुको ठम्याई रहेको छ । 

सिरहा जिल्लाको १७ स्थानीय निकायहरुमा सम्पन्न निर्वाचनमा लहानको उपप्रमुख सरियार चौधरी र कर्जन्हा नगरपालिकाको उप प्रमुख ज्ञानु श्रेष्ठ वाहेक अन्य उपप्रमुख तथा उपाध्यक्षहरु महत्पूर्ण ठाँउमा पुगेपनि कसरी आफनो पदीय दायित्व वहन गर्ने हो त्यो पनि ठूलो चुनौती देखिएका छन । जिवछी यादवको अनुसार न्यायिक समितिमा वस्ने महिलाहरु पनि  सशक्त नहुँदा समस्या हुने भएकोले उहाँहरुलाई सशक्तिकरण र जिम्मेवार बनाउने सम्वनिधत निकायहरुले ध्यान दिन जरुरी छ भन्ने सिरहामा प्रत्यक्ष तर्फ संघ र प्रदेशमा प्रमुख दलहरुवाट उम्मेदवार नवनाउनु भूल भएको छ । यस्तो त्रुटि आउने दिनमा हुनुहुँदैन महिलालाई ३३ प्रतिशत होईन ५० प्रतिशत सहभागिताको ग्यारेण्टी हुनेपर्ने  धारणा राख्नु भएको छ । महिला पर्नस्थापना केन्द्र ( ओरेक) सिरहाका संयोजक सुनिल साहको अनुसार २४ नोभेम्वर २०१७ देखि १० डिसेम्वर २०१७ सम्म चल्ने अभियानमा जिल्लाको लहान , सिरहा गोलवजार , नगरपालिका र गाँउपालिकाहरुमा महिला हिंसासम्वन्धी विविध कार्यक्रमहरु गरि १६ दिने अभियान सम्पन्न गर्ने जानकारी दिनु भएको छ । रयाली अन्तरक्रिया र विभिन्न दलका संघ तथा प्रदेशका उम्मेदवारहरुलाई समेत अभियानवारे जानकारी र हिंसा अन्तयको लागि गर्ने प्रतिवद्धता  कार्यक्रमहरु रहेको संयोजक साहले स्पष्ट पार्नु भएको सरगम सहकर्मी जिवछ उदासीले जानकारी दिएका छन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.