शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा पैगम्वर मोहम्मदको जन्मदिन भव्यता पूर्वक मनाए
मंसिर १७, २०७४ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७४ - मङ्सिर १७ - 
मुस्लिम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यता पूर्र्वक मनाएका छन् । ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिखका दिन सनिबार मुस्लिम समुदायका मानिसहरुले मोहम्मद–डे मनाएको हो ।

‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ शनिबार सिरहाका मुस्लिम समुदायहरुले शान्ति ¥याली निकाली लहान नगरपालिका परिक्रमा गर्दै बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएका हुन ।मुस्लिमहरुको धर्म प्रवक्ताको रुपमा रहेको पैगमवर मोहमम्दको १४९२ औं जन्मदीनको अवसरमा सिरहाका मुस्लिम समुदायहरु हजारौको संख्यामा पैगम्बरको अनेक थरीका नाराका साथै हर्षोल्लासपूर्वक जन्मोत्सव मनाएका छन् ।लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिनन क्षेत्र परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएका थिए ।

कोणसभामा बोल्दै गरिव नवाज वेलफेयर सोसाइटी नेपालका उपाअध्यक्ष मो. मुस्ताकले सरकारले यस वर्षदेखि मोहम्मद–डेको अवसरमा सरकारी विदा दिएर धर्म निरपेक्षता कार्यन्वय गरेको भन्दै सहयोग गर्ने सबैमा धन्यवाद दिनु भयो ।उहाँले मदरसा शिक्षालाई  सरकारी ऐन अनुसार दर्ता प्रक्रियाद्वारा मान्यता दिएता पनि दरवन्दी तथा सेवा सुविधाबाट हालसम्म बञ्चीत गर्दै आएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो– मुस्लिम समुदाय आजसम्म भोट बैंकको रुपमा रहदै आएको भन्दै मुस्लिमको धर्म, संस्कृति र जातीको राष्ट्रिय पहिचानका लागि मुस्लिम धर्मको सुरक्षा यथाशिघ्र पुरा गर्नको लागि सरकारसंग जोरदार मांग गर्नुभयो ।मुस्लिम समुदायका मानिसहरुले ११ तारिखका दिन राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई सजाउने गर्छन् । मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन) गर्ने र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्य गर्ने गर्दछन् । विश्वभरीकै मुस्लिम समुदायले वारवी रविउलऔव्वल पर्व मनाउदै आएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.