शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा धुमधामका साथ मोहम्मद–डे मनाइयो
आश्वीन ११, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० असोज ११ - 
ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्म दिन धुमधामका साथ मनाएका छन। ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रबीउल अव्वल १२ तारिखका दिन मुलुकको समृद्धिको कामना गर्दै लहानमा पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव " मोहम्मद–डे " हर्षोल्लासका साथ हजारौ मुस्लिम समुदायहरुको उपस्तिथिमा मनाएका छन् ।‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ मुस्लिम समाज लहान नगरपालिकाको आयोजनामा सिरहा लहानका मुस्लिम समुदायहरुले शान्ति पदयात्रा ¥याली निकाली लहान नगरपालिका परिक्रमा गरि विहिबार " मोहम्मद–डे " मनाएका हुन्।

मुस्लिमसमुदायको अन्तिम धर्म प्रवर्तकको रुपमा रहनुभएका पैगम्बर हजरत मोहमम्दको १४९८ औं जन्मदीनको अवसरमा हजारौको संख्यामा उपस्थित सिरहा लहानका मुस्लिम समुदायहरु विभिन्न नारा ,वाचन तथा उनका उपदेश र वाणीहरुको स्मरण गर्दै जन्मोत्सव मनाएका छन । ¥याली विहान ९ बजे लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको थियो। ¥यालीमा सहभागीहरूले नेपालको राष्ट्रिय झन्डा सहित धार्मिक वस्त्र, धार्मिक झन्डा फहराउदै पदयात्रा ¥याली निकालेका थिए।

नेपाल मुस्लिम संघका केन्द्रिय कोषाध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष अब्दुल करिम,पुर्व वडा अध्यक्ष सुलेमान मियाँ अन्सारी, वडा अध्यक्षका प्रत्यासी रियासत लिमि मुन्ना ,युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल लहान सिरहाका अध्यक्ष मोहम्मद इसराइल सिद्दिकी, नेवि संघका मुस्ताक शेख,शेख मिडिया हाउस प्रालिका संचालक फिरोज शेख , स्मृद्धिपथ दैनिक पत्रिकाका सम्पादक फिरोज सिद्दिकी, मुस्लिम समुदायका अगुवाहरु मोहम्मद मुस्तकिम, मोहम्मद इसाक , मोहम्मद नियमुद्दीन, विभिन्न मदरसा बाट पाल्नु भएका धर्मगुरु, युवा ,महिला ,छात्रछात्रा लगायत हजारौ मुस्लिम जनसमुदायको उपस्तिथी रहेको थियो। यसै बीच ¥याली लाई व्यवस्थित र शान्ति ,सुरक्षा प्रदान गर्न ईलाका प्रहरी कार्यलय लहानका नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान बाट खटिएका ट्राफिक प्रहरीहरु संगै सश्त्र प्रहरीको  बाक्लो उपस्तिथी रहेको थियो। यसै बीच मुस्लिम समुदायका मानिसहरुले बुधबार राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई झकिझकाउ बनाइ मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन)  र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्यहरु समेत गरेका थिए। " मोहम्मद–डे "को अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.