शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा चिसोबाट थप एकको मृत्यु
पौष २५, २०७४ | फिरोज शेख

फिरोज शेख, लहान पौष २५ - २०७४ 
सिरहामा चिसोले थप एक जनाको मृत्यु भएको छ। सिरहाको लक्ष्मीपुर पतारी वडा न.६ सीतापुरमा आज विहान करिब ४ बजे अति विपन्न परमेश्वर पासवानको ४१ वर्षीय श्रीमती माको देवी पासवानको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ। सितापुरका पुर्व गाविस अध्यक्ष देव नारायण साहले दिएको जानकारी अनुसार पासवानको घरमा न्यानो लुगाको अभाव भएको हुनाले आज विहान ४ बजे चिसोले कठ्यांग्रिएर माको देवी पासवानको मृत्यु भएको छ।पासवानको मृत्यु  संगै सिरहामा चिसोले मृत्युहुनेको संख्या ४ पुगेको छ। 

गत शनिबार चिसोले सिरहामा  ६ वर्षीय बालकसहित तीनजनाको ज्यान गएको थियो। गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभ साह , धनगढीमाई नगरपालिका ७ कसहा गाउँका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका २ लालपुरका ७० वर्षीय बुद्ध रामप्रसाद महतोको पनि शनिबार नै मृत्यु भएको थियो।

यसै बीच  पछिलो एक सातायता बढेको शीतलहर तथा चिसोका कारण सप्तरीको सप्तकोशी नगरपालिका–१ आज बिहान स्थानीयवासी ६२ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको छ ।गए राति घरमा सुतिरहेका अवस्थामा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ ।यससँगै जिल्लामा चिसोबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ भने प्रहरीले हालसम्म सात जनाको मात्र पुष्टि गरेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.