शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलात्कार प्रयास गरेको आरोपमा उजुरी
पौष २७, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ पौष २७ - 
५० वर्षीया महिलालाई भगवानपुर गाउँपालिका-२ का ३५ वर्षीय रामनाथ यादवले बुधबार बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको छ । पीडित परिवारका अनुसार पीडित महिलालाई आरोपितले बुधबार बलात्कारको प्रयास गरेकाले कारबाहीको माग गर्दै उजुरी दिइएको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्तालमा बुधबार नै गरिएको छ। इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार घटनाको अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढाइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.