शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ईन्टर कलेज टि 20 क्रिकेट प्रतियोगिताको उपाधि माथि साइपल कलेजको
पौष २८, २०७४ | फिरोज शेख

२०७४ पौष २८ लहान - 
सिरहाको लहानमा लहान सिटि जेसिजको आयोजना र लहान स्पोर्ट एकेडमीको सहकार्यमा संचालित ईन्टर कलेज टि 20 क्रिकेट प्रतियोगिताको उपाधि अपोलो साइपल कलेजले जितेका छन्। विगत एक सात देखि संचालित क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएको अन्तिम तथा फाइनल खेलमा अपोलो साइपल कलेजले शारदा नमुना उच्च मावि लाई ८ विकेटले हराउदै उपाधि माथि कब्जा गरेका छन्। फाइनल खेलमा पहिला टस जितेर शारदा उच्च मविले निर्धारित २० ओभरमा ९ विकेट गुमाई मात्र १०६ रन बनाएका थिए। शारदाका लागि सुनिल चन्द्र देवले ३५ बलमा ३२ रन बनाए पनि अन्य खिलाडीहरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन। जवाफी ब्याटिंग गर्न आएका अपोलो साइपल कलेजका खिलाडीहरुले विस्फोटक ब्याटिंग गर्दै १५.२ बल खेल्दै उदित बिकले बनाएको ३८ बलमा ३४ रनको मदतले १०७ रन बनाउदै सहज जित हात पारेका छन्।विजेता टिम साइपल लाई प्रथम पुरस्कार स्वरूप नगद १० हजार प्यारागन उच्च माविले उपलब्ध गराएका थिए। भने सिल्ड वेवी एन्जल स्कुलले उपलब्ध गराएका थिए।

 त्यस्तै उप -विजेता शारदा नमुना उच्च मावि लाई लहान एभरेष्ट कलेजले नगद रु.५ हजार उपलब्ध गराएका थिए भने सिल्ड जय मतादी पोली क्लिनिकले उपलब्ध गराएका छन्। त्यस्तै म्यान अफ द सिरिज समिक्षा जेनरल स्टोरले उप्ल्ब्धा गराएका थिए भने सम्पूर्ण खेलको म्यान अफ द म्याचको सम्पूर्ण सिल्ड लहान सिटि जेसिजका पुर्व अध्यक्ष विकाश शारडाले उपलब्ध गराएका थिए। त्यस्तै मिलानो फुटवेरले विजेता टिमका सम्पूर्ण खिलाडीका लागि मिलानो सपोर्ट जुत्ता उपलब्ध गराएका थिए। टुनामेन्टको म्यान अफ द सिरिज रबिन गुप्ता , बेस्ट बलर रोशन शर्मा , बेस्ट ब्याट्सम्यान रुपेश यादव , म्यान अफ द फाइनल कृष्णा गुप्ता भएका छन्।

कार्यक्रम संयोजक सुमन गुप्ताको अध्यक्षतामा भएको पुरष्कार वितरण कार्यक्रममा लहान सिटि जेसिज वर्ष २०१८ का अध्यक्ष उमेश चौधरी , पुर्व अध्यक्षहरु धरणीधर अधिकारि , रियासत लिमि , राकेश झा , विकाश शारडा , शंकर गुप्ता , प्यावशन सिरहाका सचिव उमेश यादव ,लहान स्पोर्ट एकेडमीका अध्यक्ष अनिल शर्मा , अनेरास्वियुका पुर्व अध्यक्ष अशोक चौधरी , लगायत वर्ष २०१८ सिटि जेसिजका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो। पुरस्कार वितरण कार्यक्रमको उद्घोषण लहान सिटि जेसिज वर्ष २०१८ का कोषा-अध्यक्ष तथा रेडियो सरगमका संचालक फिरोज शेखले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.