शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल सुपर डान्सरको नाममा ठग्दै
पौष ३०, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ - पौष ३० 
नेपालको सब भन्दा ठुलो रियालिटी शो भन्दै एम एफ प्रोडक्सनले नेपाल सुपर डान्सरको नाममा १० बर्ष देखि २५ बर्ष सम्मका युवायुवतीलाई ठुलो - ठुलो सपना देखाई ठगि गरिरहेका छन्।सिरहाको लहानमा सनिबार भएको उत्क नेपाल सुपर डान्सरको अडिसनमा विना कुनै सुचना प्रतेक सहभागीहरु संग ११ सयका दरले अडिसन चार्ज असुल गरेका छन्। ४३ जना सहभागी भएको उक्त अडिसनमा मात्र २० देखि २२ जना जति छानिए पनि छानिएकाहरु मध्ये बढी हुने , खाने लगाउनेका छोराछोरीहरु रहेका छन्। अडिसन कार्यक्रम २०१८ जनवरी ३ मा गर्ने भनि प्रचार -प्रसार गरिएको थियो। तर ३ जनवरीका दिन आयोजकको अतो-पत्तो नै भएन। त्यस पछि केहि दिन अगाडी मात्र पुनः पुष २९ गते यानी जनवरी १३ सनिबारका दिन लहानमा अवस्थित मारवाडी सेवा सदनमा बिहान ८ : ३० बजे बिहान देखि हुने भनि रेडियो सरगम ९३ मेगाहर्ज मार्फत ५ दिन सम्म सुचना प्रशारण गरिए पनि अचानक अडिसन हुने दिन पुष २९ गते आयोजक संस्थाका निर्देशक मनोज मण्डलले कसैलाई जानकारी नै नगराई स्थान परिवर्तन गरि अडिसन वाटिका टुरिजम प्रालिमा राखे फर्म भरेका सम्पूर्ण सहभागीहरु मारवाडी सेवा सदनमा पुग्दा आयोजकको अतोपत्तो थिएन।

केहि बेर खल्ली बाल्ली भए पछि करिब १० बजे तिर वाटिका टुरिजममा अडिसन रहेको जानकारी पाए पछि सहभागीहरु उता तिर लागे एका विहानै बाक्लो हुस्सो र चिसोमा उदयपुर् , सप्तरी लगायत सिरहाका युवायुवतीहरु केहि न खाई अडिसन हुने स्थानमा पुग्दा पनि निर्देशक मनोज मण्डलको कतै अतो-पत्तो थिएन। त्यहा पनि अडिसनको कुनै किसिमको तयारी नभएको देख्दा सहभागी हुन् आएका युवायुवती सहित उनका अभिभावकहरु आक्रोशित भएका थिए।यसै बीच ज -जसले जसका मार्फत फर्म भरेका थिए उनीहरुलाई फोन गरि बोलएपछी फर्म भर्ने संस्थाका प्रतिनिधिहरुले निर्देशक मण्डललाई खोजि गर्ने अभियानमा लागे फोन सम्पर्क र खोज्ने क्रममा मण्डल दिउसो ३ बजे तिर मात्र फेला परे। निकै गन्थन मन्थन पछि बिहान ८:३० बजे हुने अडिसन बल्ल ४ बजे देखि शुरु भएको थियो। अडिसनमा छानिएकाहरु लाई कहिले र कहा मेगा अडिसन हुने भनि केहि जानकारी गराइएको छैन।

फर्म भर्न एम एफ प्रोडक्सन लाई सहयोग गरेका एक संस्थाका प्रतिनिधिका अनुसार प्रोडक्सनका निर्देशक पैसा लिई अडिसन नगराई भाग्ने तरखरमा रहेको गोप्य सुचना पाएपछि हामीले फर्म बाट संग्कल गरेको रकम दिएनौ र उनलाई खोजि लिएर आयौ बताए।

यसै बीच रेडियो सरगम ९३ मेगाहर्ज मार्फत ५ दिन सुचना प्रशारण गरे बापतको रकम एम एफ प्रोडक्सनका निर्देशक मनोज मण्डल संग रेडियोका प्रतिनिधिले दिन आग्रह गर्दा कुन -पैसा केको पैसा म जान्दिन जे गर्न छ गर्नुस भनि गुण्डा शैलीमा प्रस्तुत भएका थिए।जवकि सुचना प्रसारण गरि दिन हुन् रेडियो सरगम ९३ मेगाहर्जको कार्यलयमा ५ दिन अगाडी निर्देशक मण्डल आफै आउनु भएको थियो। यस कार्यक्रमको बारेमा आयोजकले प्रहरी प्रशासनमा समेत कुनै जानकारी  नगराएको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.