शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बैंक अफ काठमाडाैँ घरदैलोमा
फाल्गुन २७, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ फागुन २७ - 
सिरहाको लहानमा बैंक अफ काठमाडाैँ लिमिटेड लहान शाखाले "बचत गर्ने बानी बसालौं" भन्ने मूल नारा सहित बैंकले दिने बिभिन्न सेवाहरुका साथै बचत र यसको महत्व बारे अवगत गराउन लहान बजार आसपासका क्षेत्रहरुमा घर दैलो कार्यक्रम सन्चालन गरेको छ।

विभिन्न शाखाका कर्मचारीहरु द्वारा संयुक्त रुपमा संचालित उक्त घरदैलो कार्यक्रममा बैंकले महिला, जेष्ठ नागरिक, ब्यापारी, बालबच्चा तथा सर्वसाधारण लाई लक्षित गरि बिभिन्न बचत योजना संचालनमा ल्याएको जानकारी गराएका छन्। कार्यक्रमा बचतका अलावा एक वर्षे मुद्दतिमा अग्रीम ब्याज भुक्तानी हुने लघु मुद्दतिमा ११ प्रतिशत ब्याज दिदै आएको ब्यहोरा पनि अवगत गराइएको बैंक अफ काठमाडाैँ लिमिटेड लहान शाखाका ब्रान्च म्यानेजर विश्व श्रेष्ठले जानकारी दिनु भएको छ। हाल यस बैंकको देशैभरि ७८ शाखा, ८ काउन्टर, १७ शाखा सहित बैंकिङ सेवा तथा ६७ एटिम  सन्चालनमा रहेको छ। बैंक अफ काठमाडाैँले देशै भर विभिन्न समयमा घर दैलो कार्यक्रम , जनचेतना मुलक कार्यक्रम गर्दै आइरहेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.